Play

पोखरा -५ मा जेष्ठ नागरिक मैत्रीपुर्ण वाकिंग फुटबल हुने, ७० बर्ष माथिका ७० बढी सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -५ मा स्वस्थ शरीर, सक्रिय जीवन र भाईचारा- हाम्रो अभियान भन्ने नाराका साथ यहि जेष्ठ ९ गते शनिबार जेष्ठ नागरिक मैत्रीपुर्ण वाकिंग फुटबल प्रतियोगिता हुने भएको छ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको बिचमा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने तथा उनीहरुको स्वास्थ्य र सक्रियतामा ध्यान दिने उद्देश्यले ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको आयोजकले पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको छन।

पोखरामा ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि पहिलो पटक यस किसिमको वाकिङ फुटबल प्रतियोगिता आयोजना  गरिएको र यसलाई गैरराजनीतिक, नाफा रहित र जनस्तरबाट स्वतस्फूर्त रूपमा आयोजना गरिएको आयोजक समितिका संयोजक समेत रहेका डा. सरोज कोइरालाले जानकारी गराए ।

खेलमा सहभागी बन्न ७० बर्ष उमेर पुगेका ७० जना बढी पुरुषले नाम दर्ता गराइसकेको बुझिएको छ सहभागीको उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीहरूको सनाखतलाई आधार मानिएको बुझिएको छ।

स्थानीय बाराही माविको खेल मैदानमा हुने यो प्रतियोगिता यस पटक वडा न. ५ मा सिमित राखिएको भएपनि भविष्यमा छिमेकी वडाहरू र महानगरपालिकास्तरमा विस्तार गर्ने योजना रहेको संयोजक डा. कोइरालाले बताए। खेललाई व्यवस्थित बनाउन रेफ्री र प्राविधिक टोली सहि आबश्यक तयारी पुरा भइसकेको छ।

कोइरालाका अनुसार कार्यक्रमका लागि स्वतस्फुर्त रुपमा आयोजकले नै रकम जुटाएर खेलको व्यवस्थापन  गरिएको हो। आयोजक  समितिका काेषाध्यक्ष हेमराज भण्डारी तथा युवा शिक्षा तथा समाजसेवी लक्ष्मण वराल लगायतले खेललाई सम्पन्न गर्नका लागि जनस्तबाट रकमकाे जाेहाे गरिएकाे जानकारी दिए। भण्डारीका अनुसार प्रतियाेगिता सम्पन्न गर्न करिब २ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।

  • तस्बिर – तिर्थ केसी

८ जेष्ठ २०८३, शुक्रबार १७:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा