पोखरा, पोखरा महानगरपालिका -५ मा स्वस्थ शरीर, सक्रिय जीवन र भाईचारा- हाम्रो अभियान भन्ने नाराका साथ यहि जेष्ठ ९ गते शनिबार जेष्ठ नागरिक मैत्रीपुर्ण वाकिंग फुटबल प्रतियोगिता हुने भएको छ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको बिचमा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने तथा उनीहरुको स्वास्थ्य र सक्रियतामा ध्यान दिने उद्देश्यले ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको आयोजकले पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको छन।
पोखरामा ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि पहिलो पटक यस किसिमको वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिएको र यसलाई गैरराजनीतिक, नाफा रहित र जनस्तरबाट स्वतस्फूर्त रूपमा आयोजना गरिएको आयोजक समितिका संयोजक समेत रहेका डा. सरोज कोइरालाले जानकारी गराए ।
खेलमा सहभागी बन्न ७० बर्ष उमेर पुगेका ७० जना बढी पुरुषले नाम दर्ता गराइसकेको बुझिएको छ सहभागीको उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीहरूको सनाखतलाई आधार मानिएको बुझिएको छ।
स्थानीय बाराही माविको खेल मैदानमा हुने यो प्रतियोगिता यस पटक वडा न. ५ मा सिमित राखिएको भएपनि भविष्यमा छिमेकी वडाहरू र महानगरपालिकास्तरमा विस्तार गर्ने योजना रहेको संयोजक डा. कोइरालाले बताए। खेललाई व्यवस्थित बनाउन रेफ्री र प्राविधिक टोली सहि आबश्यक तयारी पुरा भइसकेको छ।
कोइरालाका अनुसार कार्यक्रमका लागि स्वतस्फुर्त रुपमा आयोजकले नै रकम जुटाएर खेलको व्यवस्थापन गरिएको हो। आयोजक समितिका काेषाध्यक्ष हेमराज भण्डारी तथा युवा शिक्षा तथा समाजसेवी लक्ष्मण वराल लगायतले खेललाई सम्पन्न गर्नका लागि जनस्तबाट रकमकाे जाेहाे गरिएकाे जानकारी दिए। भण्डारीका अनुसार प्रतियाेगिता सम्पन्न गर्न करिब २ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।
- तस्बिर – तिर्थ केसी














