Play

कांग्रेस महाधिबेशन प्रतिनिधि एबम तरुण नेता सुरजजंग राणा गम्भीर घाइते

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि सुरजजंग राणा आंफ्नै घरमा दुर्घटनमा परेर गम्भीर घाइते भएका छन। नेपाल तरुण दलका नेता समेत रहेका राणा कास्कीको क्षेत्र न. १ लेखनाथको तालचोकका स्थायी बासिन्दा हुन।

पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रको तालचोक नजिक बनाउंदै गरेको घरको तिन तलामाथिबाट अचानक खसेर उनि गम्भीर घाइते भएका थिए ।

गत सोमबार भएको उक्त दुर्घटनापछि उनलाई तत्काल पोखरास्थित अस्पतालमा लगेर प्रारम्भिक उपचार गरिएको भएपनि भोलिपल्ट नै थप उपचारको लागि काठमाडौँ लागिएको थियो ।

हाल काठमाडौँको बिएण्डबि अस्पतालमा उपचार गराइरहेका राणाको दाहिने हात, देब्रे खुट्टा ठाउँ ठाउँमा भाँचिएको कारण प्लास्टर गरेर उपचार भैरहेको र शरीरका अन्य भागमा पनि चोट लागेकोले डाक्टरको निगरानीमा उपचार भैरहेको छ ।

घाइते राणालाई थप केहि दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने अबस्था रहेको नेपाली काँग्रेस कास्की क्षेत्र न.१ का सभापति राजेन्द्रमणि लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए ।

‘घरको तिन तला माथिबाट तल बजारिएको अबस्थामा पनि उनको टाउको छाती र मेरुदण्डमा त्यस्तो असर देखिएको छैन, यो देख्दा उनि ठुलो दुर्घटनाबाट पनि जोगिएको महशुश हुन्छ।’ उनलाई भेट्न पुगेका एकजना कांग्रेस नेताको भनाई छ ।

गम्भीर घाइते अबस्थामा उपचाररत राणालाई भेटेर स्वास्थ्यलाभको कामना गर्नका लागि नेपाली काँग्रेसका बिभिन्न तहका नेता कार्यकर्ता सहित उनका शुभचिन्तकहरु अस्पतालमा पुग्ने क्रम जारी छ।

१३ बैशाख २०८३, आईतवार १४:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा