Play

सेलवेज र भाटभटेनीसहितका चारवटा ठुला मार्टलाई उपभोक्ता संरक्षण विभागको कारबाही

गुरुकुल खबर


काठमाडौँ, बजारलाई स्वच्छ बनाउन भन्दै नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका चारवटा ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको जनाएको छ । आइतबार स्थलगत अनुगमनका क्रममा कैफियत देखिएको भन्दै विभागले ती चार वटा मार्टलाई कारबाहीको प्रक्रिया अगाडी बढाएको जनाएको हो

विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन ति व्यापारिक प्रतिष्ठानलाई निर्देशन दिएको छ । यसरी कारबाहीको प्रक्रिया अगाडी बढाइएका मार्टहरुमा मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथ रहेको र तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिईएको छ ।

त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देशन दिएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय सरोकारवाला उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यका साथ अनुमगन गर्दै आएको जनाएको छ ।

२३ चैत्र २०८२, सोमबार १३:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा