Play

पोखरामा क्रियाशील संचारकर्मी दिपेन्द्र श्रेष्ठ र सन्देश श्रेष्ठलाई पितृशोक

गुरुकुल खबर


पोखरा, पोखरामा लामो समयदेखि रेडियोकर्मीको रुपमा स्थापित दीपेन्द्र श्रेष्ठ र सन्देश श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठ दाजुभाईका बुवा भिमबहादुर भीमबहादुर श्रेष्ठको ८० वर्षको उमेरमा गएराति कोशी प्रदेश, सुनसरीको इटहरीस्थित निवासमा निधन भएको हो।

उनी लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित थिए । पूर्वी नेपालको झापामा पुर्ख्यौली घर रहेपनि श्रेष्ठको परिवार केहि बर्षदेखी इटहरी बस्दै आएको छ।

स्व. भिमबहादुरका तिन छोरा रहेकोमा जेठो छोरा दिपेन्द्र झन्डै तिन दशकदेखि पोखरामा रहेर संचारकर्ममा सक्रिय छन। उनि नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष एबम प्रेस चौतारी नेपालको केन्द्रिय जिम्मेवारीमा छन।

यसैगरी कान्छा छोरा सन्देश पनि पोखरामा रहेर पत्रकारितामा सक्रिय रहँदै आएका छन। हाल दुवै जना एभरेस्ट एफएममा कार्यरत छन । माइला छोरा प्रदिप श्रेष्ठ भने आंफ्नो परिवार संग इटहरीमा नै बस्दैआएका छन । स्वर्गीय श्रेष्ठका श्रीमती र छोरीहरु नर्वदा, शर्मिला र वन्दना  रहेका छन् ।

यसैबीच पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सन्देश श्रेष्ठका बुवाको निधन भएकोमा महासंघको कास्की शाखाले शोक बिज्ञप्ती जारी गर्दै स्व. श्रेष्ठप्रति भावपूर्ण श्रद्दान्जली र शोकमा रहेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

२२ चैत्र २०८२, आईतवार १६:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा