Play

रेडियो अन्नपुर्णको बार्षिक कार्यक्रम अनुसार शनिबार रक्तदान कार्यक्रम गरिंदै

गुरुकुल खबर


पोखरा, रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा पोखरा -४ गैरापाटनमा यहि चैत २१ शनिवार बृहत रक्तदान हुने भएको छ । रेडियोको वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने लागेको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले गुरुकुल खबरलाई जानकारी दिए।

चैत महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कार्यक्रम गदै आइरहेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।

रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् । रक्तदान कार्यक्रमको लागि पोखरा फाइनान्स लिमिटेड , प्रभु बैँक लिमिटेड, नेपाल बैंक लिमिटेड, जोन्टा क्लब पोखरा लगायतले सहयोग गरेको छन। रेडियोले गत बर्ष आयोजना गरेको रक्तदानमा १ सय ३० युनिट रगत सङ्कलन गरेको थियो।

१९ चैत्र २०८२, बिहीबार २०:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा