पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो, नाचगान जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न सुचना जारी गरोको छ ।
कोभिड – १९ को संक्रमण दर अपेक्षित रूपमा नघटेको र संक्रमण बढ्ने जोखिम कायमै रहेको भन्दै प्रशासनले आइतबार सो आदेशात्मक सूचना जारी गरेको हो ।
साथै देउसी भैलोका कार्यक्रम गर्दा सार्वजनिक यातायात र जन जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न गराउन पनि प्रशासनले आदेश गरेको छ । प्रशासनले पटका, आतस बाजी, झिर झिरे, भुइँचम्पा जस्ता विस्फोटक जन्य पदार्थको प्रयोग र तिनको , ओसारपसारमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ ।
प्मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, समाजमा अशान्ति हुने भिडभाडजन्य गतिविधि तथा अशोभनीय क्रियाकलाप नगर्न नगराउन अनुरोध समेत गरेको छ भने चाडबाडमा मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजा पाठ गर्न प्रशासनले आग्रह गरेको छ ।
जारी आदेश उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।