Play

देउसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्र गर्न पाइने

गुरुकुल खबर


पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार र छठ पर्वलाई लक्षित गर्दै  नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी  स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो, नाचगान जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न  सुचना जारी गरोको छ ।

कोभिड – १९ को  संक्रमण दर अपेक्षित रूपमा  नघटेको र संक्रमण बढ्ने जोखिम कायमै रहेको भन्दै प्रशासनले आइतबार सो आदेशात्मक सूचना जारी गरेको हो । 

साथै देउसी  भैलोका कार्यक्रम गर्दा  सार्वजनिक यातायात र जन जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न गराउन  पनि प्रशासनले  आदेश गरेको  छ । प्रशासनले पटका, आतस बाजी, झिर झिरे, भुइँचम्पा जस्ता विस्फोटक जन्य  पदार्थको  प्रयोग  र तिनको , ओसारपसारमा पूर्ण रूपमा रोक लगाएको जनाएको  छ ।

प्मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, समाजमा अशान्ति हुने भिडभाडजन्य गतिविधि  तथा अशोभनीय क्रियाकलाप नगर्न नगराउन अनुरोध समेत  गरेको छ भने चाडबाडमा  मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजा पाठ गर्न  प्रशासनले  आग्रह गरेको  छ ।

जारी आदेश उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गर्ने  प्रशासनले चेतावनी दिएको छ 

१४ कार्तिक २०७८, आईतवार २०:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा