नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको आज विहान ४ः४५ बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय गच्छदार लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । यस अघि उहाँलाई भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा लगेर समेत उपचार गरिएको थियो ।
पिता भक्तचरण श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको सुपुत्रीका रुपमा वि.सं. २०१७ जेठ १५ गते सिन्धुपाल्चोक जिल्लाको चौतरामा जन्मनु भएकी स्वर्गीय गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो । स्वर्गीय गच्छदारको श्रीमान्, छोराहरु— सुमन, सुभाष र छोरी रिना गच्छदार हुनुहुन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनको खबरले दुःखीत र मर्माहत भएको छु । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय गच्छदारले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै विजयजी लगायत शोकाकूल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”