Play

गच्छेदारको निधनमा देउवाद्वारा दुख व्यक्त

गुरुकुल खबर


नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको आज विहान ४ः४५ बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो ।    स्वर्गीय गच्छदार लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । यस अघि उहाँलाई भारतको नयाँ दिल्ली स्थित सर गंगाराम अस्पतालमा लगेर समेत उपचार गरिएको थियो ।

पिता भक्तचरण श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको सुपुत्रीका रुपमा वि.सं. २०१७ जेठ १५ गते सिन्धुपाल्चोक जिल्लाको चौतरामा जन्मनु भएकी स्वर्गीय गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो । स्वर्गीय गच्छदारको श्रीमान्, छोराहरु— सुमन, सुभाष र छोरी रिना गच्छदार हुनुहुन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनको खबरले दुःखीत र मर्माहत भएको छु । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय गच्छदारले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै विजयजी लगायत शोकाकूल परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

१ जेष्ठ २०७८, शनिबार १८:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा