Play

कांग्रेसका २५ नेताको आग्रह: दुवै महाधिबेशनको कार्यतालिका स्थगन गरि सम्पूर्ण एकताको लागि पहल गरौँ

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद बढिरहेको र पार्टीको १५ औं महाधिबेशनको लागि छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको बेला पार्टीका २५ जना केन्द्रीय नेताहरुले महाधिबेशनको कार्यतालिका स्थगन गरि पार्टीको सम्पूर्ण एकताका लागि पहल गर्न अपिल गरेका छन। उनीहरुले जारी गरेको बिज्ञप्तीमा देश गम्भीर सङ्कटमा रहेको र राजनीतिक अस्थिरता बढिरहेको भन्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

यास किसिमको अपिल सहित बक्तब्य जारी गर्नेहरुमा महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मिन बिश्वकर्मा, रामहरी खतिवडा, नैनसिंह महर, गोबिन्द भट्टराई, उमेशजंग रायमाझी, सिता गुरुङ, इन्द्र बानिया लगायतका नेताहरु रहेका छन। उनीहरुले पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको भन्दै चिन्ता व्यक्त गरेका छन। बिज्ञप्तीमा आगामी महाधिबेशनमा पार्टीका सबै सदस्यहरु सहभागी हुने बाताबरण तयार गर्नुपर्ने खाँचो औंल्याउदै कांग्रेसको सिंगो नेतृत्व एकै ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्ष निकाल्न माग गरिएको छ

विज्ञप्तिमा भनिएकाे छ, ‘१५औँ महाधिवेशनको सङ्घारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ।’ पार्टी भित्रको समग्र एकताको लागि बर्तमान सभापति गगन थापाको भूमिका अझ बढी महत्वपूर्ण हुने भएकोले कांग्रेसको बृहत् एकताका लागि पहल गर्न आग्रह गरिएको छ।

उनीहरूले हाल घोषणा गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न, पार्टीका दुवै पक्षबिच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न, सबै नेताले अहङ्कार र व्यक्तिगत स्वार्थ त्यागी पार्टीको बृहत् हितलाई केन्द्रमा राखेर विवादको तत्काल निकास खोज्न, संवाद, सहमति र सहकार्यका माध्यमबाट पार्टीभित्रको विवाद समाधान गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।

२६ भाद्र २०८३, शुक्रबार २०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा