Play

रसुवाका बाढी पिडितको लागि कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदको ७ लाख १४ हजार

गुरुकुल खबर


पोखरा, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरुको राहत र उद्वारको लागि कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट ७ लाख १४ हजार ५८९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा जम्मा गरिएको छ।

संस्थाका महासचिब केदार कुँवरले दिएको जानकारी अनुसार संस्थाले बाढीका कारण पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोगको लागि विश्वभर छरिएर रहेका कस्केली तथा गैर-कस्केली नेपाली समुदायलाई सहयोगका लागि अपिल गरिएको थियो ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्ले संचालन गरेको सहयोग संकलन अभियान अन्तर्गत संकलित उक्त रकम संस्थाको बिभिन्न राष्ट्रिय समितिहरु लगायत बिभिन्न व्यक्तिहरुबाट प्राप्त भएको परिषद्का अध्यक्ष शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए ।

रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण ठुलो धनजनको क्षती भएपछि कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्ले बिभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिलाई अपिल गरेर केहि दिन आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो । त्यस क्रममा संकलित ७ लाख १४ हजार बढी रकम कोषमा जम्मा गरिएको जनाईएको छ ।

यसैबीच, कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष एबम राहत संकलान उपसमितिका संयोजक विकास शाहीले राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बानियाँ सहित अन्य पदाधिकारी र सदस्यहरुले गर्नुभएको मानवीय सहयोग, तत्परता, सहकार्य र महत्वपूर्ण योगदानका लागि सबैमा आभार सहित कृतज्ञता प्रकट गरेका छन ।

संस्थाले कास्की जिल्ला भित्रका बिपन्न एबम असहाय नागरिकहरुको लागि समेत मानवीय र अन्य सहयोग समेत गर्दै आएको छ। संस्थाले कास्की जिल्लाको बिभिन्न बिद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई छात्रवृति पनि वितरण गर्दै आएको छ।

कसको सहयोग कति भन्ने जान्नको लागि तल हेर्नुहोस ..

२७ भाद्र २०८३, शनिबार १५:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा