Play

कुमुदिनी होम्समा कुशे औंशीलाई बाजेबज्यै अभिभावक दिवसको रुपमा मनाईयो

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा ‘ग्रान्ड प्यारेन्ट्स डे’ अर्थात बाजेबज्यै अभिभावक दिवस मनाइएको छ । बालबालिकाको सिकाइ र मनोविज्ञानलाई ध्यानमा राख्दै अभिभावक तथा हजुरबुबा–हजुरआमालाई प्रोत्साहनको वातावरण बनाउन विद्यालयले कुशे औंशीको दिनलाई बाजेबज्यै अभिभावक दिवसको रुपमा मनाइएको हो ।

कुशे औंशी तथा बुबाको मुख हेर्ने दिनको विशेष अवसरमा हजुरबुबा र हजुरआमाहरूसँग बालबालिकाको अन्तरक्रिया होस् र उहाँहरूले आफ्ना नातिनातिनाहरूको प्रतिभा देख्न पाउन भन्ने उद्देश्यले कार्यक्रम राखिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पालिखेले बालबालिकाले केही सिकेनन् वा बुझेनन् भने गाली वा दबाब नदिन आग्रह गरे। ‘राती सुत्ने समयमा वा बिहान उठ्दा तिमीले गर्न सक्छौ, तिमी राम्रो छौ, तिम्रो पढाइ राम्रो छ भनेर सकारात्मक कुरा भनिदिने हो भने बालबालिका उत्साहित भएर अघि बढ्छन् ।’ पालिखेले अभिभावक समक्ष भने । उनले गत वर्षदेखि नै विद्यालयमा यस किसिमको कार्यक्रम गरिन थालेको जानकारी दिए ।

कार्यक्रममा मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । हजुरबुबा तथा हजुरआमाहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरूसमेत खेलाइएको थियो । खेलका विजेताहरूलाई संस्थापक अध्यक्ष पालिखेले पुरस्कार वितरण गरेको शिक्षक सजिना गुरुङले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन शिक्षिका नीलम प्रधानले गरेको विधालयका शिक्षक सजिना गुरुङले जानकारी दिईन ।

२७ भाद्र २०८३, शनिबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा