काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनपछि शेरबहादुर देउवाको कार्यसमितिमा रहेका सबैलाई पार्टीको केन्द्रीय समितिमा आउनको बाटो खोलेको छ । आइतबार बसेको बैठकले अघिल्लो कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ । गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमितिमा नरहेकाहरुलाई केन्द्रीय समितिमा बस्नको लागि बाटो खुलाइएको हो ।
कांग्रेसको संस्थापन समुहले पार्टीको १५औँ महाधिवेशनका लागि आगामी असोज १६ देखि १९ गतेको मिति तय गरेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशन तोकिएको छ भने असोज ७ गते पालिकास्तरको र असोज १० गते क्षेत्रको अधिबेशन गरेपछि एकैपटक केन्द्रीय महाधिबेशन गरिने भएको छ।
आइतबारको निर्णयअनुसार देउवा पक्षबाट आउने नेतालाई केन्द्रीय समितिमा सामेल गरी आसन्न महाधिवेशनको आयोजक समितिमा राखिने छ । “देउवा सभापति हुँदा कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा समेट्ने गरी निर्णय भएको छ । पार्टीमा मेलमिलाप, एकता र सबैको अपनत्व भाव कायम गर्न यसले मार्गप्रशस्त गर्ने विश्वास छ,” कांग्रेस संस्थापनका एक केन्द्रीय सदस्यले भने ।
संस्थापनबाट यस्तो निर्णय भएका गरिएको भएपनि देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्म तय भएको देउवा पक्षको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा अधिवक्ता एगराज पोखरेललाई तोकिएको हो । उनी सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव एबम कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी निर्वाचन समितिको सदस्य थिए ।
संस्थापन समुहको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु ..
















