काठमाडौँ, सोलुखुम्बुको फेरिचेमा आज मंगलवार बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो ।
मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए । उक्त दुर्घटनामा परि एक जना घाइते भएका छन् ।
घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पुर्याइएको छ । फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पङ्खा ठोकिएर दुर्घटना भएको हो ।













