Play

पोखराको मोहरियाटोलमा घर फोडेर सुनका गरगहना र नगद चोर्ने दुईजना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका ३ मोहरियाटोलस्थित दुईवटा घरको कोठा फोडेर सुनचाँदीका गरगहना र नगद चोरी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ।

यहि बैशाख १६ गतेका दिन मोहरियाटोल स्थितमा दुईवटा घरको कोठा फोडेर सुनको तिलहरी -१ थान, सुनको औंठी –१ थान, चन्द्रमा -१ थान र नगद तिन हजार रुपैया चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दी जिल्ला स्थायी घर भई हाल कास्कीको  पोखरा महानगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को अमृत नेपाली र धादिङ जिल्ला स्थायी घर भई हाल कास्कीको पोखरा – ३ बस्ने वर्ष ३४ को बिनोद नेपाली रहेको कास्की प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक हरीबहादुर बस्नेत रहेका छन।

पक्राउ परेका अमृत नेपालीको साथबाट सुनको तिलहरी –१ थान, चन्द्रमा –१ थान, चाँदीको चेन –१ थान र नगद रु दुई हजार बरामद भएको उनले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

२१ बैशाख २०८२, आईतवार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा