Play

पहिरोमा परि गुल्मी, बागलुङ र स्याङजामा नौ जनाको मृत्यु, बाढीको कारण सैयौं बिस्थापित

बाढी र पहिरोका कारण लाखौँको क्षति, केहि घाइते, चौपाया पनि मरे


गुरुकुल खबर


पोखरा, अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोबाट सर्बसाधारण प्रभावित भएका छन । बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु् भएको छ । अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । यसै गरि स्यांजामा एकै परिवारका दुई जना र बाग्लुंगमा पनि एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

गुल्मीको पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

अविरल वर्षाको कारण स्याङजाको फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार उक्त घर भन्दा २५ मिटर माथिबाट पहिरो आएको कारण ढुंगा माटोले बनेको घर पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो। शनिबार बिहान राति करिब ३ बजे प्रहरी घटनास्थल पुगेर उद्दार गरेको थियो । उक्त घरमा मृतक दुर्गाको ८ बर्षको छोरा निर्देश समेत बस्ने गरेको भएपनि घटना भएको राति घर नजिकै आफन्तकोमा गएर सुतेको कारण उनि पहिरोबाट बच्न सफल भए। दुर्गाका श्रीमान भने बैदेशिक रोजगारीको शिलशिलामा नेपाल बाहिर छन।

अविरल वर्षाको कारण बागलुङको गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।

स्थानीय वडाअध्यक्ष तेज प्रसाद सापकोटाले टेलिफोन मार्फत प्रहरीलाई जानकारी दिएपछि प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त घरमा पुगेर प्रेमकी बुहारी र नातिलाई सकुशल उद्धार गरेको थियो ।  प्रेम र बसन्तीलाई मृत अबस्थामा उद्दार गरेको थियो।  उक्त पहिरोका कारण गोठ पनि पुरिएको र गोठमा रहेको एक भैसी र तीनवटा बाख्राको मृत्यु भएको थियो भने स्थानीय गिरी प्रसाद बुढाथोकीको गोठ समेत पुरीन जाँदा गोठमा रहेको तिन भैसी र दुई बाख्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी बागलुङको  जैमिनी नगरपालिका- ५  मा अविरल बर्षाको कारण ठेउले खोलामा पानिको वहाव बढ्न जाँदा खोलाको छेउमा रहेको ४२ बर्षिय मञ्जु श्रेष्ठको बाँसले बारेको, टिनले छाएको किराना पसल बगाएको प्रहरीले जनाएको छ। उक्त घटनामा घर सहित अन्दाजी तिस हजार बराबरको पसलको सामान, अन्दाजी डेढ तोला बराबरको सुनको गरगहना र नगद दुई लाख रुपैया बगाएको खोलाले बगाएको बताइएको छ।

यसै गरि म्याग्दी जिल्लाको मालिका गाउँपालिका – १ दारलाङ्ने बस्ने ५३ बर्षीय बालकृष्ण पुनको घरमा अचानक परेको चट्याङका कारण निज बालकृष्णको कम्मर र बायाँ खुट्टामा सामान्य चोट लागेको, निजकी श्रीमती वर्ष ४० की दुन माया पुनको टाउकोमा सामान्य चोट लागेको र निजकी छोरि वर्ष १४ की पमिसा पुनको दायाँ खुट्टामा सामान्य चोट लागेको बुझिएको छ । चट्याङमा परी घर संगैको गोठमा रहेका १ भैंसी, १ बाख्रा र १ कुखुरा मरेको प्रहरीले जनाएको छ ।

१५ असार २०८१, शनिबार २०:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा