Play

सहकारी दिवसमा महिमा सहकारीको रक्तदान, ३२ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा महानगरपालिका-१९ मा रहेको महिमा सहकारी संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्यो । रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको थियो।

पोखरा महानगरपालिका -१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ३३ पटक रक्तदान गरिसकेका मनकामना बचत तथा ऋण सहकारीका अध्यक्ष नबिन भण्डारीलाई ब्लड़ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए  ।

कार्यक्रममा  महिमा सहकारीका अध्यक्ष  कृष्ण गुरुङ, महिमा सहकारीका, उपाध्यक्ष गोबिन्द चापागाईं, सह सचीव हिरा भण्डारी लगायतले संस्थाका बिबिध गतिबिधि र रक्तदान कार्यक्रममा बारेमा प्रकाश पारेका थिए ।

रक्तदान कार्यक्रमका संयोजक समेत रहेका चापागाईंले दिएको जानकारी अनुसार प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो यसै गरि जय मनकामना सहकारी र महिमा सहकारीले सयुंक्त रुपमा मिलेर लामाचौर क्षेत्र र चोक वरपर सरसफाई कार्यक्रम समेत सम्पन्न गरेका बताइएको छ।

सोही कार्यक्रममा स्थानीय एल सि ब्रदर्स युनाइटेड क्लब लामाचौरलाई  महिमा सहकारीको तर्फबाट नगद रु १० हजार सहयोग गरिएको थियो ।

२० चैत्र २०८०, मंगलवार १६:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा