Play

कांग्रेसका जनजातिहरुको गण्डकी प्रदेश अधिबेशन शनिबार, नेतृत्वका लागि दौडधुप

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसको भात्रीसंस्थाको रुपमा रहेको नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघको गण्डकी प्रदेशको पहिलो अधिबेशन शनिबार पोखरामा हुँदैछ । अधिबेशनको उद्घाटन नेपाली काँग्रेसका सभापति एब पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले गर्ने कार्यक्रम बताइएको छ ।

अधिबेशनले गण्डकी प्रदेशको नया कार्यसमिति समेत निर्बाचित गर्दै छ । अधिबेशनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट जनजाती अन्तर्गत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि चार सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जानकारी आयोजकले दिएकाछन् ।

नेपाली काँग्रेसको भात्रीसंस्थाको रुपमा रहेपनि यस अगाडी यो संस्था नेपाल आदिबाशी जनजाती संघको नामबाट संचालन भैरहेको भएपनि गत वर्षबाट विभिन्न जातजातिका संस्ठाहरु आबद्द गराएर नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ बनाइएको हो ।

महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो।

गण्डकी प्रदेश अधिबेशनबाट महासंघको प्रदेश समितिको अध्यक्ष बन्नको लागि जीत बहादुर गुरुङ, खेमबहादुर गुरुङ, राजबहादुर गुरुङ र बिष्णु कुमार श्रेष्ठ लगाएतले चाहना राखेको बुझिएको छ ।

जीतबहादुर यस अगाडी यो संस्था संघको रुपमा रहदा अध्यक्ष रहेको र आफुले पुरा समय काम गर्न नपाउदै संस्थाको संरचन महासंघमा रुपान्तरण भएकोले यसपटक अध्यक्ष बन्ने दौडमा लागेको बताउछन् । यसैगरि खेमबहादुर गुरुङ यस अगाडी कास्कीको सल्लाहकार रहेको र गण्डकी प्रदेश समितिको सदस्य रहेर काम गरेकोले अध्यक्ष बन्न चाहना राखेको बताईन्छ। उनले महासंघको कास्की जिल्लाको अध्यक्ष बन्ने चाहना राखेको भएपनि अन्तिममा आश बहादुर गुरुंगलाई अध्यक्ष बनाउने सहमति गरेर उनि  पछि हट्नुपरेको थियो सोहि कारणले पनि उनि प्रदेशको अध्यक्ष बन्ने दौडमा लागेको बुझिएको छ ।

अध्यक्ष बन्नको लागि जनजाती प्रतिनिधिहरु सहित केहि जनजाती नेताले आफुलाई सुझाब दिएको कारण आफ्नो नाम अध्यक्षको उमेद्वारको रुपमा बाहिर आएको राजबहादुर गुरुंगको भनाई छ। तर सहमतिमा नेतृत्व लिनुपर्ने अबस्थामा आफु तयार रहेको उनले बताए ।

अध्यक्ष बन्ने चाहना राख्ने उल्लिखित सबै कास्की जिल्लाका र गुरुङ जातिको मात्र हुन् । गण्डकी प्रदेशका अन्य जिल्ला र अन्य जतिकोले समेत नेतृत्व लिन सक्ने भए पनि अझै सम्म सार्बजनिक रुपमा कसैले इछ्या ब्यक्त गरेको छैनन् ।

अधिबेशन सम्पन्न गर्नका लागि जनजातीमहासंघका स्थानीय नेताहरुको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवाश र खाना ब्यबस्थापन समितिमा जीत बहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ ( पोखरा-१२ ), शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ ( पोखरा- १ ) र मंच ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचार प्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेको जानकारी प्रचार प्रसार समितिका सहसंयोजक रिता गुरुंगले गुरुकुल खबरलाई जानकारी दिईन । प्रचार प्रसार समितिमा देविका तामांग, भुपाल गुरुङ र सुमन गुरुंगलाई सदस्य राखिएकोछ ।

 

८ चैत्र २०८०, बिहीबार २३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा