Play

महिला संघको पोखरा महानगरसमितिद्वारा महिलालाई सिलाई मेसिन हस्तान्तरण र उत्प्रेरणा तालिम

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्री संस्थाको रुपमा रहेको नेपाल महिला संघको पोखरा महानगर समितिले १ सय १४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिपन्न महिलाहरुलाई सहयोग तथा महिला शसक्तिकरणको लागि उत्प्रेरणा तालिम सम्पन्न गरेको छ समितिले न्युन आए भएका र शिप अनुसारको काम गर्न चाहने महिलाहरुलाई मेसिन सहयोग गरेको हो ।

संघले पोखराको वार्ड न ११ की  सुनिता परियार, वार्ड न ७ की  छलिमाया परियार, वार्ड न ८ की ज्ञानुदेबी राना श्रेष्ठ, वार्ड न १३ की सरिता परियार र वार्ड न १६ की अम्बिका परियारलाई सिलाई मेसिन उपलब्ध गराएको अध्यक्ष अम्बिका ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिईन ।

नेपाली काँग्रेसकी  केन्द्रीय सदस्य शारदा पौडेल लगायतले एक कार्यक्रममा ति मेसिनहरु हस्तान्तरण गरेका थिए ।

सोहि कार्यक्रमममा नेपाली काँग्रेसको केन्द्रीय सदस्य मनोनित भएको भन्दै शारदा पौडेललाई, नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्ष बनेको भन्दै ललिमाया शर्मा रेग्मीलाई, गृह श्रमिक संघको अध्यक्ष बनेको भन्दै चेतमाया पौडेल गीतालाई, अधिबक्ता बनेको भन्दै प्रिती पाण्डेलाई र रेडियोकर्मी दुर्गा अधिकारीलाई सम्मान गरिएको समेत अध्यक्ष ढुंगानाले जानकारी दिईन ।

सोहि कार्यक्रमममा अधिबक्ता माधवी पाण्डे र रेडियोकर्मी दुर्गा अधिकारीले महिला उत्प्रेरणा र आत्मनिर्भरता बारेमा प्रस्तुति दिएका थिए ।

नेपाल महिला संघ पोखरा महानगर समितीकी सभापति अम्बिका ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा संघको कास्की जिल्ला सभापति मिना पाण्डे, कांग्रेसका जिल्ला सभापति किशोर बराल, महानगर समितिका सचिब कल्पना थापा र प्रिती पाण्डे एबम कोषाध्यक्ष सिर्जना श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।

महिला संघ महानगर समितिको अध्यक्ष आफु मनोनित् भएपछी  महिला दिदीबहिनीहरुको लागि रचनात्मक काम गर्दै आएको ढुंगानाले बताइन ।

२७ फाल्गुन २०८०, आईतवार १२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा