Play

पोखरामा एटीएम फोड्ने, गाँजा बोक्ने र अबैध नदिजन्य पदार्थ बोक्नेहरु पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटरमा रहेको NMB बैकको ATM मेशिन तोडफोड गर्दै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आइतबार राती करिब १२ बजेको समयमा एटिएम मेशिन तोडफोड गर्न लागेको अबस्थामा पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाउँपालिका वडा नम्बेर ९ स्थायी घर भए पनि पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने २७ बर्षीय राजकुमार भन्ने टिकाराम पौडेल रहेको छन् पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ।

यसै गरि आइतबार करिब ५ बजेको समयमा कास्कीको सार्दीखोला स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बेर २ भुर्जुंग खोला कोल्चोक मा चेक जांच गर्ने क्रममा १ किलो ग्राम भन्दा बढी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरीका सूचना अधिकारीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १७ घारिपाटन बस्ने २४ बर्षीय कुमार सुनार र सोहि थुन बस्ने २८ बर्षीय सन्तोष सुनार रहेका छन् उनीहरुको साथबाट प्रहरीले १ किलो ३० ग्राम गाँजा बरामद गरेको जनाएको छ उनीहरुलाई १० दिनको म्याद थप गरि आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यसै गरि अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन पनि आइतबार नै प्रहरीले नियन्त्रणमा लिएको छ  कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.१ जौवारीबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र लु २ ख ८१६ नम्बरको टिप्परलाई  प्रहरीले नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले फेलापारी चेकजाँच गर्दा आबश्यक कागजपत्र साथमा नभएकोले ति सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको समेत कास्की प्रहरीले जनाएको छ।

 

 

१५ माघ २०८०, सोमबार १९:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा