Play

गीलुको सिलीदुङमाथि पोखरामा विमर्श, सिलीदुङ आक्रोशको दस्तावेज हो-मुकारुङ

गुरुकुल खबर


पोखरा, र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श गरेको छ । सोसाइटीले  आयोजना गरेको कार्यक्रममा कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए ।
‘जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ, अनि गीलु रातोस जस्ता कविहरू जन्मिन्छन्’ नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका संयोजकसमेत रहेका मुकारुङले भने, ‘मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने बुझ्नुपर्छ ।’
अर्की वक्ता गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणाा राखिन् । गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत रहेकी तमुले आम मानिससमक्ष मातृभाषीको अभिव्यक्ति पु¥याउनका लागि पनि नेपाली भाषामै लेख्नुपर्ने अनुभव सुनाइन् । उनको गुरुङ र नेपाली भाषामा ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशन भएको छ ।
कार्यक्रमको सहजीकरण गरेका पत्रकार तथा साहित्यकार सुरेश रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको बताएका थिए ।
कवि रातोसले आफूले जनयुद्धका क्रममा देखेका सपनाहरूको प्रतिविम्ब कवितामा उतारेको बताए । उनले आफ्ना दुई कविता वाचन गरेका थिए । थेबाला प्रकाशनले बजारमा ल्याएको कृतिमा उनका ४२ कविता सङ्गृहीत छन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव केसी, तेजबहादुर गुरुङ, सुजित साहलगायतले टिप्पणी गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव नेपाल प्रकाश अधिकारीले गरेका थिए ।
सोही अवसरमा नियमित मासिक कार्यक्रमअन्तर्गत माघ महिनाको अन्तिम शनिवार २७ गते हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि सोसाइटीकी पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको चर्चासहित आयोजना गरिएको जानकारी गराइएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथि परिचर्चा गर्दै आएको छ ।

१३ माघ २०८०, शनिबार २२:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा