Play

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र,

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र रविन्द्र तझ्या रहेका छन् । दुइ सदस्य पछि मनोनित गर्ने छ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय अध्यक्ष तथा संघिय सांसद ध्रुब बहादुर प्रधानले जिम्न्याष्टिक सबै खेलहरुको पनि खेल भएको बताउदै सोचे अनुरुपमा अझै विकास गर्न नसकिएको प्रष्ट पारे ।

उनले यस प्रदेशको जिम्न्याष्टिकलाई उकास्नका लागि प्रदेश समिति निरन्तरताका साथ लाग्न सुझाव दिए ।

गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री प्रदेश सांसद राजिव गुरुङले सवैको साथ र सहयोगले जिम्न्याष्टिक खेललाई अगाडि बढाउन सुझाव दिए ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले यस प्रदेशको खेल क्षेत्र विकासका लागि प्रदेश खेलकुद परिषद योजनाका साथ अगाडि बढेको बताए ।

कास्की जिल्ला जिम्न्याष्टिक संघका अध्यक्ष सोमबहादुर साहिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य विनोद शेरचन, कास्कीका सल्लाहकार केशवशरण पौडेल, कास्कीका निवर्तमान सचिव प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।

६ माघ २०८०, शनिबार २३:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा