Play

राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन

गुरुकुल खबर


काठमाण्डौ, राप्रपा नेपाल आवद्ध जनवर्गिय संगठनहरुले आज साँझ काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिको पुत्ला दहन गरेका छन् ।
९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनिहरुको भनाई छ ।
संस्कृति मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
“पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो बिषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनि दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए ।
काठमाण्डौको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किरातीको विरोधमा चर्का नारावाजि गरेका थिए

११ पुष २०८०, बुधबार ०९:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा