Play

सुनको सिक्री चोरेको आरोपमा एक पक्राउ

गुरुकुल खबर


पोखरा, पुस ४ गते राति २३ः४५ बजेको समयमा जिल्ला पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलबाट सुनको सिक्री चोरी गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा २७ जरुवा बस्ने वर्ष २९ का हेमन्त पुनको घाँटीमा लगाई रहेको सुनको सिक्री चोरी गरी फरार रहेको आरोपमा वडा नं. ४ सिदार्थचोक बस्ने वर्ष २७ का सुमन परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको साथबाट सिक्री जस्तो देखिने पहेँलो धातुको सिक्री थान १ सहित उनलाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट महेन्द्रपुल स्थित प्रहरी बिटमा खटिएको प्रहरी टोलीले पक्राउ गरी परियारलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

६ पुष २०८०, शुक्रबार १२:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा