Play

लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न १० जनालाई अभद्र व्यवहार सम्वन्धि मुद्दा

गुरुकुल खबर


पोखरा, वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोजेको आरोप तथा विभिन्न कसुरमा दश जनालाई पक्राउ गरी अभद्र व्यवहार सम्वन्धी मुद्दा अगाडि बढाएको छ ।

पोखरा महानगरपालिका वडा नं.०६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने गरेको र नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरानी गरी आतङ्कित पारेको आरोपमा पुष २ गते अंन्दाजी २३.५० बजेको समयमा वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

बिजिवि गल्लीमा समुह बनाई नशालु पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडिरहेको अवस्थामा पोखरा १६ दिप वस्ने वर्ष २० का प्रतिवादी डिलन श्रीष मगर, जिल्ला कास्की माछापुछ्रे गा.पा. ५ वस्ने वर्ष २० का सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने वर्ष ३० का सुरेश थापा, पोखरा ६ जरेवर वस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखा भिमसेन गा.पा. ८ वस्ने वर्ष ३२ का सुरेश थापासहित ५ जानालाई फेला पारी निजहरुलाई सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशव्द प्रयोग गरी विवाद गरेको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको हो ।

पुष ३ गते मंगलबार विहान अन्दाजी ६; २० वजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०६ लेकसाईड स्थित स्ट्रिट नं. ४ अगाडी सडकमा मादक पदार्थ सेवन गरी मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको अबस्थामा स्थानीयवासीले सम्झाउदा उल्टै हातपात गरी घाईते बनाएको भन्दै जिल्ला वाग्लुङ वाग्लुङ नगरपालिका वडा नं. १२ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ६ वस्ने वर्ष २७ का डेविड भन्ने डिल्ली प्रसाद पौडेल, त्यसैगरी पुष २ गते सोमवार रातको ११.५५ बजेको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गरी अशान्ति फैलाएको आरोपमा जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.५ मालेपाटन बस्ने बर्ष २६ को बिक्रम थापालाई पक्राउ गरी मुद्दा अगाडि बढाइएको छ ।

यसैगरी स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ काजिपोखरी बस्ने बर्ष ३१ को आशिष थापा र पुष २ गते सोमवार वेलुकी ५ वजेको समयमा पोखरा महानगरपालिका वडा नं.०९ चाईनापुल स्थित शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा सोधपुछ गर्दा उल्टै प्रहरी माथि नै अपशव्द प्रयोग गरेको आरोपमा पोखरा १४ वस्ने वर्ष ३२ का शिब बहादुर कार्की, पोखरा ०९ बस्ने बर्ष २७ को शंकर भुजेल, निज प्रतिवादीहरु सबैजनालाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्वन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक दिन सातको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

५ पुष २०८०, बिहीबार १३:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा