Play

नगर प्रहरीलाई हातपात गरेको आरोपमा व्यवसायी पक्राउ

गुरुकुल खबर


पोखरा, ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लाग्दा उनी आक्रमणमा उत्रिएका हुन् ।

“उहाँलाई हामीले पटक पटक फुटपाथ खालि गर्न आग्रह गर्‍यौँ, तर उहाँले सधैँ अटेर गर्नुभयो, नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भने, सामान हटाउन खोज्दा अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडी मै आएर हातपात गर्नुभयो ।” हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खालि गर्ने अभियान चलाइरहेको छ ।

२५ मंसिर २०८०, सोमबार १५:१० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा