Play

बालकल्याण हाइस्कुललाई गोल्डेन ढाकाटोपी

गुरुकुल खबर


पोखरा, गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको तेस्रो संस्करणको उपाधि बाल कल्याण हाइस्कुलले हात पारेको छ । शुक्रबार पोखरा सभागृहमा भएको ग्रान्ड फिनालेमा अन्य १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेको हो ।

बालकल्याण हाइस्कुलले शीर्ष उपाधि गोल्डेन ढाकाटोपीहसहित १ लाख रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक अमन तामाङले जानकारी दिए । मिरर किङ इन्टरटेन्मेन्ट र बिटुडी डान्स स्कुलले गर्र्दै आएको प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेशका १५ विद्यालय प्रतिस्पर्धामा थिए ।

प्रतियोगितामा सोसल पब्लिक स्कुलले दोस्रो स्थान ल्याएको थियो । दोस्रो भएको सोसल स्कुलले ट्रफीसहित ७५ हजार रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान बनाएको बेसलाइन एकेडेमीले ट्रफीसहित ५० हजार रुपैयाँ जितेको छ ।

तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय सामूहिक नृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुल र भाष्कर मेमोरियल स्कुल क्रमशः चौंथो र पाचौं स्थान ल्याए । उनीहरुले ट्रफीसहित क्रमशः ३० हजार रुपैयाँ २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा छैठौं स्थान ल्याएको सबलाइम इंग्लिस स्कुलले १० हजार रूपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता संयोजक तामाङले कास्की मोर्डनाइज्ड स्कुललका युवराज गुरुङले उत्कृष्ट नृत्य निर्देशकको उपाधि जितेको जानकारी दिए ।

‘बेस्ट कोरियोग्राफरले गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ जित्नुभयो,’ उनले भने । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका थिए ।

४ भाद्र २०८०, सोमबार १२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा