Play

वन रक्षक पदको परिक्षामा अर्काको नाममा परिक्षा दिने नक्कली परीक्षार्थी पक्राऊ

गुरुकुल खबर


पोखरा, वन रक्षक पदको परिक्षामा अर्काको नाममा परिक्षा दिने तीन जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१५ फुलवारी स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसर भित्र संचालन भई रहेको लोक सेवा आयोगको खुल्ला तथा समावेशी वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परिक्षामा ती परीक्षार्थी पक्राउ परेका हुन् ।

परीक्षार्थीहरूको कागजातहरूचेकजाँच गर्ने क्रममा अर्काको नाममा परिक्षा दिने जिल्ला कालिकोट रास्कोट न.पा. वडा नं.२ सिपखाना वस्ने वर्ष १९ का प्रेम भण्डारी, ऐ.ऐ. ४ सिउना बस्ने वर्ष २० का गौरी संज्याल र ऐ.ऐ. वस्ने वर्ष १८ का एक जनालाई परीक्षामा सहभागि हुँदै गरेको अबस्थामा फेला पारीएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आ–आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको र उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

२३ असार २०८०, शनिबार १३:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा