Play

कांग्रेस नेता गुरुङको श्रद्दान्जली सभामा सभापति थापा: आंफुले सोचेजस्तो नभएपछि धेरैजनाले कांग्रेस छोडे

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस कास्कीका नेता एबम पुर्व सहायक मन्त्री स्व. प्रकाशबहादुर गुरुङले समाज र राष्ट्रका लागि पुर्याएको योगदान नै कांग्रेस र उहाँको परिवारको अमूल्य सम्पत्ति भएको बताएका छन। गुरुङको निधन भएको १३ औँ दिन सोमबार पोखराको रामघाटस्थित बौद्ध अर्घौ सदनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले स्व. गुरुङको विकास निर्माण तथा सामाजिक योगदानको स्मरण गरेका थिए।

कांग्रेस नेता एबम पुर्व मन्त्री गुरुङ प्रोस्टेट क्यान्सरको समस्याबाट पिडित थिए केहि बर्षदेखी बेलायतमा बस्दै आएका गुरुङको थप उपचार  सम्भव नभएको जानकारी डाक्टरले गराएपछि उनि करिब ५ महिना अगाडी नेपाल फर्किएर पोखरा -११ स्थित आंफ्नो घरमा बस्दै आएका थिए।स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई स्थानीय मणिपाल अस्पतालमा उपचारार्थ लगिएकोमा त्यहाँ नै उनको निधन भएको थियो ।

कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढाउनुपर्नेमा जोड दिए। नागरिक र पार्टीबीचको बिश्वास कमजोर बनेकोले यसलाई पुनःस्थापित पार्टीका नेता कार्यकर्ताको कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो।

नेपाली कांग्रेस छोडेर गएको परिवारसँग पुनः जोडिएर जाने योजना सुनाउंदै थापाले धेरै परिवार कांग्रेसबाट अगल भएकाले पार्टीमा जोड्न जरुरी रहेकोमा जोड दिए । ‘हामीसँग धेरै मानिसहरु रिसाउनुभएको छ । मैले पार्टीको कार्यक्रममा पनि भनेको छु, उहाँहरुले कांग्रेस छोडेको हैन । कांग्रेसले उहाँहरुलाई छाडेको हो ।’ आफूहरुले सोंचेको जस्तो कांग्रेस नभएपछि उनीहरुले पार्टी छाडेकाले कांग्रेसलाई कांग्रेस जस्तै बनाएर सबैलाई जोडेर लैजाने उनले बताए ।

‘समाजमा नेपाली कांग्रेसका यति धेरै कथा र ती कथासँग जोडिएका पात्रहरु छन् । अब नेपाली कांग्रेसले ती कथा र परिवारहरु खोज्नुपर्नेछ । ती परिवारसँग जोडिनुपर्नेछ,’ उनले भने, ‘कांग्रेस भनेको ठूला ठूला नेताको मात्र हैन । परको गाउँमा बस्ने सबैको को हो । उहाँहरुले पनि पार्टीमा योगदान दिनुभएको छ । ती सबैलाई एकैठाउँमा जोड्नुपर्नेछ । सबैको सम्मान भए मात्र पार्टी, समाज अनि देश राम्रोसँग चल्ने उनको भनाइ थियो । ‘केवल बोलेर पुग्दैन, काम गर्ने शैलीमै परिवर्तन ल्याउनुपर्छ’ थापाले भने।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कांग्रेस नेता देवराज चालिसेले स्व. गुरुङको राजनीतिक तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए। अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले उस्व. गुरुङको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति सुशील भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर जिसीले गरेका थिए। कार्यक्रममा परिवारको तर्फबाट कप्तान पदमलाल गुरुङले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

२७ आश्विन २०८३, मंगलवार ००:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा