Play

कांग्रेस नेता भण्डारी र ब्यास नगरपालिकाका पुर्व मेयर श्रेष्ठको भेटघाटले तनहुँ कांग्रेसमा चर्चा

गुरुकुल खबर


दमौली, नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशनको तयारी समितिले बिभिन्न गतिबिधि अगाडी बढाईरहेको समयमा तनहुँका कांग्रेस नेता एबम नेपाल सरकारका पुर्वमन्त्री शंकर भण्डारीसमेत आंफ्नो जिल्लामा खटिएका छन। उनले जिल्लाको बिभिन्न पालिकाहरुमा पुगेर कांग्रेसका पुराना नेताहरुको साथै युवाहरुसंगको भेटघाटलाई तिब्रता दिने र शशांक कोइराला संयोजक रहेको नेपाली काँग्रेसको १५ औं महाधिबेशन तयारी समितिमा जोड्ने प्रयास गरिरहेका छन।

यसैबीच, नेपाली कांग्रेस नेता एबम पुर्वमन्त्री भण्डारीले अर्का कांग्रेस नेता पुष्पराज पराजुली सहित तनहुँको ब्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठसँग भेटघाट गरि समसामयिक राजनीति र नेपाली काँग्रेसको अबको यात्रा लगायतका बिषयमा कुराकानी गरेको बताइएको छ। पार्टीको नियमित १५ औं महाधिबेशन तयारी समिति तनहुँका सहसंयोजक डम्बर अधिकारीले आइतबार पुर्व नगरप्रमुख श्रेष्ठ र पूर्वमन्त्री शंकर भण्डारी सहितको तस्बिर सार्वजनिक गर्नुले पनि त्यसलाई पुष्टि गरेको छ ।

सहसंयोजक अधिकारीले भण्डारी र श्रेष्ठको भेटलाई महत्वपूर्ण राजनीतिक भेटको रुपमा उल्लेख गर्दै पूर्वमन्त्री भण्डारीले प्रथम नगर प्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाका विषयमा पनि जानकारी लिएको जनाएका छन । पूर्वमन्त्री भण्डारी र प्रथम नगरप्रमुख श्रेष्ठबीचको भेटघाटलाई तनहुँको कांग्रेस वृत्तमा चासोका साथ् हेरिएको छ।

कांग्रेसको एक पक्षले नियमित १५ औं महाधिवेशन प्रक्रिया जारी राखेको बेलामा भएको भेटलाई लिएर कतिपयले पुर्व नगरप्रमुख श्रेष्ठले समेत भण्डारी समेत सक्रिय रहेको अधिबेशन तयारी समितिलाई समर्थन गर्न लागेका हुन की भन्ने अनुमान समेत गरेका छन । यस बिषयमा श्रेष्ठ र भण्डारीले केहि कुरा सार्बजनिक नगरेपनि कांग्रेस वृत्त भित्र बिभिन्न अड्कल गर्न थालिएको छ । तयारी समितिका तनहुँ जिल्ला सहसंयोजक अधिकारीले भेटघाटमा श्रेष्ठको स्वास्थ्य अवस्थासहित जिल्लाको बिभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

२६ आश्विन २०८३, सोमबार २०:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा