पोखरा, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बिहीबारदेखि वडा अधिवेशन हुने क्रममा स्याङजा जिल्ला भेला सम्पन्न भएको छ । वडा, क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न बिहीबार भीरकोट- १ र पुतलीबजार- ४ मा भेला आयोजना गरिएको थियो ।
सो भेलाले स्याङजा जिल्लाका ११ वटा पालिकामा संयोजक तोकेको छ । बिभिन्न वडामा वडा अधिवेशन सम्पन्न गर्न संयोजक तोकिएको हो । यसै गरी भेलाले निर्बाचन क्षेत्र र प्रदेश सभा निरबचं क्षेत्रको संयोजक पनि तोकेको भेलामा स्सहभागी नेपाली काँग्रेसका नेता इन्द्र रिजालले गुरुकुल खबरलाई जानकारी दिए । स्याङजा जिल्लामा ११ वटा पालिका, चार प्रदेश र दुई क्षेत्र रहेका छन ।

बिहीबार आयोजित भेलासंगै विधिवत रुपमा पार्टीको अधिवेशन सुरु भएको उनले जानकारी दिए। यसअघि विशेष महाधिवेशन पक्षधरले अधिवेशन गरेपनि देउवा पक्षले गर्ने भेला र वडा अधिबेशनमा पनि कार्यकर्ता र नेताहरुको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ ।
भेलामा कांग्रेस नेताहरु शंकर प्रसाद पाण्डे, केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, नेता कुमार राना लगायतका नेताहरु सहभागी थिए भेलाले जिल्ला संयोजकमा पार्टीका पुर्व जिल्ला सचिब इन्द्र बहादुर गोदारलाई चयन गरेको छ।
देउवा पक्षले बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता–कार्यकर्तालाई उनले अपिल पनि गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ सुरु हुने अधिवेशन विधि र प्रक्रिया पूरा गरेर सम्पन्न गर्न आग्रह गरिएको छ ।













