पोखरा, नेपाली काँग्रेसका नेता एबम पुर्व मन्त्री डा. प्रकाशशरण महत बुधबार पोखरा आउंदैछन। नेपाली काँग्रेसका नेता एबम पुर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुंगको अन्त्येष्टिमा सहभागी बन्न कांग्रेस नेता डा. महत पोखरा आउन लागेका हुन । गुरुङको ७२ बर्षको उमेरमा हिजो मंगलबार पोखरामा निधन भएको हो।
पोखरामा आउँदा कांग्रेस नेता महतले नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। नेपाली काँग्रेसका पुर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गठित १५ औं महाधिबेशन आयोजक समिति (नेता शेरबहादुर देउवा समूह) मा रहेका नेता डा. महतले पोखरामा पनि सोही समुहका नेता कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
पोखराको बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा नेता महत संग समसामयिक राजनीतिक अबस्था र नेपाली काँग्रेसको १५ औं महाधिबेशनका बारेमा आंफ्नो समुहका गतिबिधिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको सोही समुहका कास्की जिल्ला संयोजक ऋषिराम काफ्लेले गुरुकुल खबरलाई जनाकारे दिए।
बिशेष महाधिबेशनबाट गगन थापा नेतृत्वमा बनेको संस्थापन इतर समुहले पनि यहि असोज १५ गतेबाट १५ औं महाधिबेशनको प्रक्रिया अगाडी बढाउने भएको छ। यसका लागि कास्की जिल्लामा जिल्लास्तरीय र क्षेत्रिय समिति गठन गर्ने लगायतका काम भैरहेको बुझिएको छ।













