पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत आज सोमबार प्रदेश सभा निर्बाचन क्षेत्र र संघिय निर्बाचन क्षेत्रको अधिबेशन तय गरिएकोमा कतिपय जिल्लामा अधिबेशन सम्पन्न भएको र कतिपय जिल्लामा भोलि मंगलवारसम्ममा अधिबेशन सम्पन्न गर्ने कार्यक्रम छ।
कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्रमा आज अधिबेशनको उद्घाटन र उमेदवारी दर्ता सकिएको र मंगलवार मतदान हुने भएको छ। अधिबेशनबाट क्षेत्रिय कार्यसमिति र प्रदेश कार्यसमितिको साथै प्रदेश महाधिबेशन र केन्द्रिय महाधिबेशन प्रतिनिधि चयन गरिनेछ।
अधिबेशनबाट उल्लिखित पदमा पुग्नको लागि कार्यकर्ताहरुलाई बिगतको भन्दा बढी विभाजित गर्ने प्रयासमा जिल्ला र केन्द्रका नेताहरु नै देखिएका छन। कास्कीको क्षेत्र न.३ मा वडातहका अर्थात सामान्य कार्यकर्ताहरुलाई पनि महत्वाकाँक्षा जगाउने र आंफ्नो मत सुरक्षित गर्नको लागि उनीहरुले नचाहेको र नसोचेको पदमा समेत उमेदवार बन्न लगाएर कार्यकर्ताहरु भिडाउने काममा क्षेत्र न. ३ का मनोज गुरुङ र युवराज कुँवर सक्रिय देखिए।
उनीहरुकै कारण टोलटोलमा मिलेर बसेका कार्यकर्ताहरुमा मतभेद सिर्जना गर्ने र पार्टी संगठन थप कमजोर बनाउने खेल भैरहेको भन्दै कतिपयले चिन्ता प्रकट गरेका छन। ‘तल्लो तहमा मिलेर बसेका नेता कार्यकर्तालाई पनि गुटको नाममा विभाजित गराउने यस किसिमको प्रतिष्पर्धा कुँवर र गुरुङकै कारण हुनपुगेको अधिकांश कार्यकर्ता र नेताको बुझाई छ।
कतिपय कार्यकर्तालाई आंफ्नो पक्षमा मत सुरक्षित गर्नको लागि उमेदवार बन्न प्रेरित गर्ने तर मतदान भने अरुलाई नै गर्ने किसिमको रणनीति समेत उनीहरुले तयार गरेको कारण कुनै गुटमा पर्दैमा ढुक्क हुने अबस्थामा उमेदवारहरु देखिएको छैनन। उनीहरु दुबैजनाले नेपाली काँग्रेसको कास्की जिल्ला सभापति बन्ने महत्वाकांक्षा राखेको र एकले अर्कोलाई कमजोर देखाउन प्यानल बनाएर कार्यकर्तालाई प्रतिष्पर्धामा उतारेको कतिपयको बुझाई छ।
महाधिबेशन प्रतिनिधिको खुला तर्फ १० जना मात्र चाहिनेमा २३ जनाको उमेदवारी दर्ता भएको छ। जसअनुसार मनोज गुरुङको गुटले १० जना र युवराज कुँवरको गुटले १० जनालाइ उमेदवार बनाएकोमा थप ३ जनाले गुट बाहिरबाट उमेदवारी दर्ता गराएका छन । अन्य पदमा पनि दुवै गुटले आवश्यकता अनुसार गुट बनाएर उमेदवारी दर्ता गराउन चाहेको भएपनि कतिपय पदमा भने निर्बिरोध र कतिपय पदमा उमेदवार समेत नपाइएको बताइन्छ ।
क्षेत्र न. ३ को क्षेत्रिय समितिको सभापतिमा प्रकाश बराल र बिष्णुबहादुर क्षेत्रीको उमेदवारी परेको छ । बराललाई कुँवर गुटले र क्षत्रीलाई गुरुङ गुटले उमेदवार बनाएको हुन कुँवर गुटबाट सचिबमा महेश कुमार तिमिल्सिना र गुरुङको गुटबाट सचिबमा शितल अधिकारीले उमेदवारी दर्ता गराएका छन। महिला सचिबमा सरिता केसी भट्टराई र उमा भुर्त्याल पौडेल तथा सहसचिब खुलामा गंगाबहादुर गुरुङको उमेदवारी परेको छ ।
खुलातर्फ महाधिबेशन प्रतिनिधिका उमेदवार
अर्जुन पौडेल, आइन्दल गुरुङ, उमेशराज पराजुली, कविराज पहारी, डा. कृष्णप्रसाद पौडेल, खिमलाल बाँस्तोला, जीवनाथ पौडेल, जीवन प्रसाद बाँस्तोला, दिपक गुरुङ, दिवसमान प्रधानांग, नबिन गुरुङ, पुष्पेन्द्र पाण्डे, बीरेन्द्र गुरुङ, भरत कुमार गुरुङ, भरतबहादुर अधिकारी, मनोज गुरुङ, मिनबहादुर गुरुङ, मौसम कार्की, पुष्पेन्द्र पाण्डे, युबराज कुँवर, रामप्रसाद (रामजी)अधिकारी, शंकार ढुंगाना, शुक्रराज शर्मा
महिलातर्फ महाधिबेशन प्रतिनिधिका उमेदवार
कमला बस्नेत, कमलाबिन्दु बराल, पवित्रा थापा, पुनम भट्ट भट्टराई, प्रभा सुबेदी, बन्दना पराजुली, मिना कुमारी पाण्डे, सिता अधिकारी, शारदा पौडेल र हिरा भट्टराई
श्रमिकतर्फ महाधिबेशन प्रतिनिधिका उमेदवार \
जितबहादुर गुरुङ, राजेश पालिखे
पेशागत तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
बिष्णु अधिकारी, अधिबक्ता भरत पौडेल, ई. याम कृष्ण पौडेल
युवा महिला तर्फका महाधिबेशन प्रतिनिधि उमेदवार
दिपिका भण्डारी, युनिषा तामांग
आदिबासी जनजाती तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
आशबहादुर गुरुङ, प्रकाशमान उदास, भिमबहादुर गुरुङ, राजबहादुर गुरुङ, ललित गुरुङ
आदिबासी जनजाती महिला तर्फका उमेदवार
भीमकुमारी आले पवित्रा, शर्मिला तामांग, सिता गुरुङ
खस आर्य महिला तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
बिजयलक्ष्मी कोइराला, राजकुमारी थापा, सरिता तिमिल्सिना पगेनी, सिता शर्मा
खस आर्य खुला तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
पशुपती भट्टराई, बन्धुराज पराजुली, बेनीमाधव अधिकारी, भरतबहादुर कुँवर, राजाराम पौडेल, शुक्रराज पौडेल
युवा खुला तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
ठाकुर बराल, महादेव गिरि, ई,.माधवप्रसाद बाँस्तोला, बिकास थापा, विज्ञानराज सुबेदी
अपांगता तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
बहादुर गुरुङ, रामचन्द्र तिमिल्सिना
अल्पसंख्यक तर्फ महाधिबेशन प्रतिनिधिका उमेदवार
देबेन्द्रकुमार शेरचन,
दलित तर्फको महाधिबेशन प्रतिनिधिका उमेदवार
उदय कुमार नेपाली, शोभा जलारी
प्रजातन्त्र सेनानी / द्वन्द प्रभावित तर्फका महाधिबेशन प्रतिनिधिका उमेदवार
डिल्लीराज शर्मा, पुष्पा नापित, फणिन्द्रराज पराजुली, भेषराज पराजुली
कास्की क्षेत्रन. ३ प्रदेश ख का उमेदवारहरु
कास्की क्षेत्र न. ३ को प्रदेश ख का पदाधिकारीहरुमध्ये सभापतिमा बिजय गुरुङ र लक्ष्मी प्रसाद पौडेलको उमेदवारी परेको छ। जसमध्ये उपसभापतिमा होमप्रसाद बरालको मात्र उमेदवारी परेको छ । समितिको सचिबमा चन्द्रेश्वर बस्ताकोटी र प्रकाश नेउपानेको तथा सहसचिबमा मनहरी दाहालको मात्र उमेदवारे परेको छ।
यसैगरी महिला सहसचिबमा शान्ता तिमिल्सिनाको मात्र उमेदवारी परेकोमा दुई महिला सदस्यको ठाउँमा इन्दिरा लामिछाने, सुमित्रा कुमारी थापा र पशुपति केसीको उमेदवारी परेको छ।
दलित, युवा र खुला सदस्यमा आबश्यकत अनुसार मात्र उमेदवारी परेकोमा क्रमश नवराज बिक, साजन सुबेदी, बिक्रम बहादुर थापा, राजेन्द्र खत्री र नवराज श्रेष्ठ निर्बिरोध बन्ने भएका छन। यसैगरी समानुपातिक तर्फबाट बेलबहादुर गुरुङ, बिमला देबी भण्डारी र तेजबहादुर खत्रीले उमेदवारी दिएको भएपनि अन्य क्लस्टरबाट सदस्य पदमा उमेदवारी परेको छैन।













