काठमाडौँ, नेपाली कांग्रेसमा बिशेष महाधिबेशनको बिपक्षमा रहेको समूहले गगन थापा नेतृत्वको केन्द्रीय समितिले आव्हान गरेको पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाइ यहि भदौ ११ गते बिहिबार हुने भएको छ।
पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा र ततकालिन उपसभापति एबम पुर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रूपमा दिएको निवेदन माथि बिहिबार सुनुवाई हुने भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पुनरावलोकनको पूरक निवेदन दर्ता भएको जानकारी दिए । दुईवटै पूरक निवेदन दर्ता भएको छ। सुनुवाइका लागि भदौ ११ गतेका लागि पेशी तय भएको छ । विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरावलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग निवेदनमा गरिएको छ ।
निवेदनमा देउवाले आँफुलाई पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति भनेर खुलाएका छन् । खड्काले आफूलाई निवर्तमान कार्यवाहक सभापति भनेर उल्लेख गरेका छन् । वारेस मार्फत दुवै निबेदन दर्ता गरिएको भएपनि छुट्टाछुट्टै रुपमा निवेदन दर्ता गराइएको थियो ।















