पोखरा, कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा यहि भदौ ३१ गते हुने भएको छ । काठमाडौँको बालुवाटारमा हुने कामना बिकास बैंकको साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत तथा आफ्ना सेयर धनीलाई १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गर्ने भएकोछ ।
साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गर्नेछ । वाह्य लेखापरीक्षक नियुक्ति गर्ने लगायतका अन्य प्रस्ताव पनि साधारण सभामा प्रस्तुत हुँदै छन ।
बैंकले गत वर्ष बोनस सेयर तथा नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १७ सम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने बैंकले जनाएको छ।















