Play

पोउबासंघको अधिबेशन: अध्यक्षमा चारजनाको उमेदवारी तर पदाधिकारीमा दुई प्यानलबीच प्रतिष्पर्धा

बस्तुगत र औधोगिक तर्फका गरि ५ सदस्य निर्बिरोध, १० जना खुला सदस्यको लागि १३ जनाको बिचमा प्रतिष्पर्धा हुने


गुरुकुल खबर


पोखरा, पोखराका उद्योगी व्यवसायीको छाता संस्था अनि पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औं महाधिवेशनबाट संघको कार्यसमितिमा पुग्ने चाहना राख्ने संघका सदस्य ब्यबसायीहरुले सोमबार उम्मेद्वारी दर्ता गराएका छन् । भदौ २० र २१ गते हुने अधिबेशनबाट निर्बाचित हुनको लागि करिब ३ दर्जन ब्यबसायीहरु चुनाबी मैदानमा उत्रिएको भएपनि अध्यक्ष पदमा भने चारजनाले उमेदवारी दर्ता गराएका छन।

अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराउने चारजनामा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य , बलराम आचार्य र शोभा गौतम रहेका छन । उनीहरुमध्ये गौतम र आचार्यको नेतृत्वमा प्यालन रहेको भएपनि पोखरेल र बुद्दाचार्य भने प्यानल बिना नै चुनाबी प्रतिष्पर्धामा छन ।

अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्नेहरु मध्ये बुद्धाचार्य वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने आचार्य अहिलेको कार्यसमितिमा वाणिज्य तर्फका उपाध्यक्ष हुन । यसैगरी गौतम महासचिव हुन भने पोखरेल यसअघि दुईपटकसम्म अध्यक्ष पदमा चुनाब लडेर पनि जीत हासिल गर्न नसकेका पुर्व महासचिब हुन ।

उमेदवारी दर्ता गराउन जाने क्रममा बुद्दाचार्यले आंफ्ना समर्थक ब्यबसायीहरु सहित संघको सचिवालयमा पुगेका थिए। यसैगरी गौतमले पनि आंफ्नो प्यानल सहित उमेदवारी दर्ता गराउन पुगेकी थिईन भने आचार्य पनि आंफ्ना समर्थक र प्यानलमा रहेका उमेदवार सहित सचिवालयमा पुगेका थिए।

शोभा गौतम अध्यक्ष रहेको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा टिकाराम सुबेदी, उपाध्यक्ष (उद्योग) तर्फ सौगात थापा, उपाध्यक्ष (वाणिज्य) पदका लागि भीम गौतम, महासचिव पदमा तारानाथ ढुंगाना, उपमहासचिब पदमा यादवप्रसाद पोखरेललाई र कोषाध्यक्ष पदमा जीवनप्रकाश श्रेष्ठले उमेदवारी दर्ता गराएको छन।

अध्यक्ष पदका अर्का उमेदवार बलराम आचार्य नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा दिनेशचन्द्र बास्तोला, उधोगतर्फको उपाध्यक्षमा ललितबहादुर कुँवर, बाणिज्य तर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यसैगरी आचार्यको प्यानलबाट महासचिब पदमा सुदीप प्रधानांग, उपमहसचिब पदमा प्रदिप राजभण्डारी र कोषाध्यक्ष पदमा देबेन्सन प्रजुले उमेदवारी दर्ता गराएको छन।

कुनै पनि प्यानलमा नपरेपनि उपमहासचिव पदमा रामचन्द्र तिमिल्सिनाले उमेदवारी दर्ता गराएको निर्बाचन समितिका संयोजक एबम संघका पुर्व अध्यक्ष दामु अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए । कार्यसमितिको सदस्यहरु मध्ये वस्तुगततर्फबाट प्रतिनिधित्व गर्ने चार सदस्य र औद्योगिक तर्फको एक सदस्यमा आबश्यकता अनुसारको मात्र उमेदवारी परेको कारण उनीहरु निर्बिरोध निर्बाचित भएको भएको छन तर  औपचारिक घोषणा हुन भने बाँकी छ।

संघको कार्यसमितिको सदस्य पदका लागि १४ जनाले पैसा तिरेर मनोनयन पत्र लिएको भएपनि सदस्यमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी गरि १३ जनाले मात्र उमेदवारी दर्ता गराएका छन् ।

यसपटक वस्तुगत सदस्यतर्फबाट केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल एबम औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको मात्र उम्मेदवारी परेको छ । वस्तुगततर्फ ४ जना र औद्योगिक तर्फ १ जनाको मात्र उमेदवारी परेको कारण निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्बाचन समितिका सदस्य टोपबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए  । ‘वस्तुगत र औद्योगिकका लागि जति जना निर्वाचित हुने त्यति नै उम्मेदवारी परेका छ,’ उनले भने, ‘तर, दावीविरोध र उम्मेद्वारी फिर्ताको प्रक्रिया बाँकी नै रहेकाले निर्वाचित भएको घोषणा प्रक्रिया पुगेपछि हुन्छ ।’

निर्बाचन समितिका संयोजक अधिकारीका अनुसार सोमबार ४ बजेसम्म उमेदवारी दर्ता गर्ने समय रहेकोमा अब मंगलबार दिउँसो १ बजेसम्म दावी बिरोधको समय तोकिएको छ । भदौ ११ गते बिहिबार ४ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने अन्तिम समय रहेको उनले जानकारी दिए । सोहि दिन ४ बजे नामावली फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने उनले बताए ।

८ भाद्र २०८३, सोमबार २३:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा