Play

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

गुरुकुल खबर


काठमाडौं, लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति ‘मोरे सैया’ सार्वजनिक भएको छ। सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ।

नेत्र अर्यालद्वारा शब्द रचना गरिएको यस गीतमा खेम सेन्चुरीले नै संगीत तथा हुकलाइन तयार पारेका हुन्। गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन् भने संगीत संयोजनको जिम्मेवारी एचबीएन किस्मतले सम्हालेका छन्।

सुनिल बीकेको निर्देशनमा तयार पारिएको भिडियोमा गरिमा शर्मा र खेम सेन्चुरी मुख्य भूमिकामा देखिएका छन्। नेपाली मौलिक पहिरन र पर्यटकीय स्थल सौराहाको प्राकृतिक परिवेशलाई समेटेर गरिएको छायांकनले गीतको भावलाई थप जीवन्त बनाएको छ।

गीतको छायांकन अनिल के. मानन्धरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गल्बन्दी प्रोडक्सनको प्रस्तुतिमा रहेको यो गीत सुशीला गौतमको युटुब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत दर्शक तथा श्रोतासामु पुगेको छ।

८ भाद्र २०८३, सोमबार ०८:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा