पोखरा, सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधिस गोपाल पराजुलीले हिन्दु धर्मको बारेमा जागरण बढ्दै गएकोले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने बिषयले छिट्टै सफलता पाउने बिश्वास व्यक्त गरेका छन। विश्व हिन्दु परिषद नेपालको गण्डकी प्रदेश समितिको बिशेष भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व न्यायाधिस पराजुलीले ग्रहण लाग्दैमा सुर्य सधैंको लागि नछेकिने बताए।
उनले हिन्दु धर्ममाथि बिभिन्न खाले आक्रमण भएको भएपनि अब त्यस्ता आक्रमण परास्त हुने बिश्वास व्यक्त गर्दै सबैले आआफ्नो ठाउँबाट कुनै न कुनै पहल गर्नुपर्नेमा पनि जोड दिए। ‘म सर्वोच्च अदालतको पुर्व प्रधान न्यायाधिस, मैले बिद्रोह र बिन्ति गर्नलाई कसैले रोक्न सक्दैन, बरु मैले मेरो जागिरे जिबनको पेन्सन छोड्न तयार छु, हाम्रो धर्म र संस्कार छोड्न सक्दिन, आंफ्नो धर्म र संस्कार जोगाउन म जुनसुकै त्याग गर्न पनि तयार छु।’ उनले भने ।
पराजुलीले संसारको सबैभन्दा पुरानो सभ्यता नै सनातन धर्म र हिन्दु संस्कार रहेकोमा जोड दिंदै आंफ्नो मौलिकता भुल्ने राष्ट्रको अस्तित्व नरहने स्पष्ट पारे। माल्दिभ्सको उदाहरण दिंदै उनले मौलिकता बिर्सेको कारण उक्त राष्ट्र कमजोर बनेको कुराको स्मरण गरे।
उनले राष्ट्रको आंफ्नो धर्म हुन्न भन्नेहरु प्रति आक्रोश व्यक्त गर्दै बेलायतको बारेमा बुझ्न समेत आग्रह गरे। उनले विश्वका बिभिन्न मुलुकमा हिन्दु धर्म प्रतिको आकर्षण बढेको र बिदेशमा ठुला ठुला हिन्दु मन्दिरहरु बनेको कुराको चर्चा गरे।

विश्व हिन्दु परिषदका राष्ट्रिय अध्यक्ष एबम सर्वोच्च अदालतका पुर्व न्यायाधिस पुरुषोत्तम भण्डारीले नेपालको मौलिक धर्म, संस्कृति, मूल्य मान्यतालाई तिलान्जली दिएर बिदेशी संस्कार भित्र्याउने प्रयास भैरहेको बताए।
उनले केहि स्वार्थी र पदलोलुप व्यक्तिहरु साथै आर्थिक प्रलोभनमा पर्नेहरुबाट विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै ८२ प्रतिशत हिन्दु धर्मालम्बी रहेको मुलुकमा १८ प्रतिशतको कुरालाई सुनेर धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको स्पष्ट पारे।
राष्ट्रिय अध्यक्ष भण्डारीले आंफ्नो धर्म र मौलिकता छोड्ने हो भने हाम्रो अस्तित्व नै लोप हुने अबस्था आउन सक्ने भन्दै हिन्दु धर्मलाई मन्दिरमा र पुजापाठमा मात्र सिमित नराखी समय अनुसार समाजमा फैलाउनु पर्ने खाँचो औंल्याए। भण्डारीले अहिलेको अबस्थामा ८२ प्रतिशत नागरिकको सुझाबलाई ग्रहण गरेर अगाडी बढ्नु नै राज्य र जनताको हितमा हुने स्पष्ट पारे।

विश्व हिन्दु परिषद गण्डकी प्रदेश समितिका अध्यक्ष धर्मराज बराल भोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुप्तेश्वर गुफा ब्यबस्थापन समितिका अध्यक्ष एबम हिन्दु धर्मका अभियन्ता विष्णुप्रसाद पौडेल, परिषदका संगठन बिभाग प्रमुख प्रल्हाद कुमार रेग्मी, महासचिब राजेन्द्र कुमार चौधरी, विश्व हिन्दु परिषदको गण्डकीका कार्यक्रम संयोजक दिपक आचार्य लगायतले हिन्दु धर्म र अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित समाचार ..
विश्व हिन्दु परिषदको गण्डकी प्रदेशसहित बिभिन्न जिल्ला समिति र युवा समिति गठन















