पोखरा, विश्वभरी बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुको मनमा हिन्दुत्वको भाव जगाउने, धर्म परिवर्तन र गौहत्या बन्द हुनुपर्ने साथै हिन्दुहरुको अपमान, शोषण र दमनको प्रतिरोध गर्दै शक्तिशाली हिन्दु समाजको निर्माण र गौरवशाली हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने अभियानका साथ गठित विश्व हिन्दु परिषदले गण्डकी प्रदेश समितिको साथै बिभिन्न जिल्ला समितिहरु गठन गरेको छ।
प्राप्त जानकारी अनुसार विश्व हिन्दु परिषदको गण्डकी प्रदेश समितिको अध्यक्षमा पुर्व न्यायाधिस रामचन्द्र पौडेललाई चयन गरिएको छ। गण्डकी प्रदेश समितिको महिला उपाध्यक्षमा इन्दिरा कोइराला, सचिबमा गिरिधारी सुवेदी, सह-सचिबमा यमलाल पौडेल तथा कार्यसमितिका सदस्यहरुमा गंगाधर पराजुली, भगवान पोखरेल, नवराज थापा, मिनराज बराल, लिलाधर पौडेल, कोषराज पौडेल र यमलाल पौडेललाई चयन गरिएको छ कार्यसमितिको रिक्ट पदाधिकारी र सदस्यहरुको मनोनयन पछि गरिने नवगठित समितिका अध्यक्ष रामचन्द्र पौडेलले गुरुकुल खबरलाई जानकारी दिए
पोखरामा शुक्रबार, शनिबार र आइतबार तिन दिन सम्म चलेको परिषद्को प्रदेशस्तरीय बैठकको अबसरमा कास्की जिल्ला सहित बिभिन्न जिल्लास्तरीय समितिहरु गठन गरिएको छ। विश्व हिन्दु परिषदको कास्की जिल्ला समितिको अध्यक्षमा लेखनाथ खनाल, उपाध्यक्षमा भोलानाथ पौडेल र महिला उपाध्यक्षमा सीता पाण्डेलाई राखिएको छ ।
यसैगरी समितिको सहसचिबमा बिष्णुबहादुर बस्नेत, महिला बिभाग प्रमुखमा बिष्णु सुबेदी, रामायण परीक्षा प्रमुखमा इन्द्रबहादुर थापा, सत्संग बिभाग प्रमुखमा सन्जु लामिछानेलाई राखिएको छ। परिषद्को नवगठित जिल्ला कार्यसमितिका सदस्यहरुमा गीता तिवारी, लोकराज कोइराला, हिमबहादुर गुरुङ, मन्जित जसवाल, पूर्णदीप कंडेल, गोबिन्द पौडेल र राम सुनार रहेको छन।
परिषद अन्तर्गत बिभिन्न समिति बनाउने क्रममा युवा समिति पनि गठन गरिएको छ जस अनुसार परिषद अन्तर्गत गण्डकी प्रदेशको युवा समितिको अध्यक्षमा रोहित सुनार, उपाध्यक्षमा किरण सुनार, सचिबमा दिपक लामा र कोषाध्यक्षमा ज्ञानहरी तिवारीलाई राखिएको छ।
यसैगरी परिषद अन्तर्गत कास्की जिल्लास्तरीय युवा समिति अध्यक्षमा सन्तोष पोखरेल,उपाध्यक्षमा सन्तोष बस्नेत, सचिबमा प्रितम पोखरेल र कोषाध्यक्षमा असिम केसी रहेको गण्डकी प्रदेशको युवा संयोजक दिपक आचार्यले गुरुकुल खबरलाई जानकारी दिए।
परिषद अन्तर्गत गठित पोखरा महानगर युवा समितिको अध्यक्षमा नारायण भण्डारी,उपाध्यक्षमा अमित गुरुङ,सचिबमा सन्तोष पौडेल, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सदस्यमा दिपेश शाही रहेको छन। समितिका रिक्त रहेका अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन पछि गरिने बताइएको छ।
सर्वोच्च अदातका पुर्व प्रधानन्यायाधिस गोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न विश्व हिन्दु परिषद्को गण्डकी प्रदेश स्तरीय भेलामा परिषदका राष्ट्रिय अध्यक्ष एबम सर्वोच्च अदालतका पुर्व न्यायाधिस पुरुषोत्तम भण्डारी, परिषदका संगठन बिभाग प्रमुख प्रल्हाद रेग्मी, विश्व हिन्दु परिषद स्वयम्सेवक संघका विष्णुप्रसाद पौडेल, परिषद्का गण्डकी प्रदेश अध्यक्ष धर्माराज बराल भोला, परिषद्को युवा बिभागका प्रमुख एबम कार्यक्रम संयोजक दिपक आचार्य लगायत बिभिन्न व्यक्तित्वले आआंफ्नो भनाई राखेका थिए।















