Play

काठमाडौँमा छोराको हत्या भएको खबर पाएपछि दाङमा रहेकी आमाले गरिन ‘आत्महत्या’

गुरुकुल खबर


काठमाडौँ, आंफ्नो छोरा मारिएको खबर थाहा पाए लगत्तै मृतक छोराकी आमाले पनि आत्महत्या गरेकी छन।  काठमाडौँको शंखमुलमा शुक्रबार २२ बर्षका वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेको खबर सुनेपछि दाङमा रहेकी कालाखेतीकी आमाले आत्महत्या गरेको परहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१० शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेतीकू घर दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् । उनै कालाखेतीको हत्या भएको खबर थाहा पाएपछि दाङमा रहेकी उनकी आमाले घरको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेकी थिईन। छोरा बसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा कक्षा अध्ययन गरिरहेको अबस्थामा उक्त घटना भएको हो।

३८ वर्षीया बिना कालाथोकीकोलाई पंखामा झुन्डिएको अबस्थामा  भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । वसन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगर पालिका–३ घर भएका प्रमित पटेल र सोही ठाउँ भएका शेखर यादवलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

७ भाद्र २०८३, आईतवार १४:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा