पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिबेशनबाट संघको नेतृत्व लिनका लागि चारजनाले उमेदवार मनोनयन पत्र लिएका छन। यहि भदौ २० र २१ गते हुने ३६ औं अधिवेशनबाट संघको नेतृत्व लिनका लागि जनही १ लाख ५० हजार रुपैया बुझाएर ४ जनाले शुक्रबार मनोनयन पत्र बुझेका छन् । निर्बाचन कार्यतालिका अनुसार कुनै पनि पदमा उमेदवार बन्न ईच्छुक ब्यबसायीले शुक्रबार साँझ ५ बजेसम्म मनोनयन पत्र लिनुपर्ने ब्यबस्था गरिएको थियो।
सोही अनुरुप अध्यक्ष पदमा चार जनासहित बिभिन्न पदमा उमेदवार बन्न चाहने ३६ जनाले मनोनयन पत्र लिएको निर्बाचन समितिले जनाएको छ। उनीहरुले लिएको मनोनयन पत्र सोमबार अर्थात भदौ ८ गते साँझ ५ बजेसम्ममा बुझाउनुपर्ने र मनोनयन पत्र बुझाएपछि मात्र उनीहरुको उमेदवारी दर्ता हुने ब्यबस्था गरिएको छ।
संघले अध्यक्ष पदका उमेदवारबाट जनही १ लाख ५० हजार, कार्यसमितिका पदाधिकारीमा उमेदवार बन्न चाहनेहरुबाट जनही १ लाख र कार्यसमितिको सदस्यमा उमेदवार बन्न चाहनेहरु बाट जनही २५ हजार रुपैया लिने निर्णय संघको कार्यसमितिको बैठकले गरेको थियो । सोहि अनुसार निर्बाचन समितिले उमेदवार् मनोनयन बापत शुल्क संकलन गरेको बताइएको छ।
यसरी हेर्दा पोउबासंघको अध्यक्षको उमेदवार बन्न चाहनेहरुबाट ६ लाख, पदाधिकारीमा चुनाब लड्न चाहने १७ जनाबाट १७ लाख र अबको कार्यसमितिको सदस्यमा उमेदवार बन्न चाहने १९ जनाबाट ४ लाख ७५ हजार गरि करिब २८ लाख रुपैया एकमुष्ठ संकलन भएको छ ।

निर्वाचन समितिका संयोजक समेत रहेका संघका पूर्व अध्यक्ष दामु अधिकारीका अनुसार अध्यक्ष पदमा उमेदवारी दिनको लागि मनोनयन पत्र लिनेहरुमा वर्तमान कार्यसमितिका शोभा गौतम, अर्जुन पोखरेल बलराम आचार्य र उत्तममान बुद्दचार्य रहेको छन् । उनीहरुमध्ये शोभा हालको कार्यसमितिको महासचिब हुन भने अर्जुन अघिल्ला दुइवटा निर्बाचनमा लगातार अध्यक्ष पदमा पराजित भएका ब्यक्तित्व हुन। यसैगरी बलराम बर्तमान कार्यसमितिको उपाध्यक्ष र उत्तममान बुद्दचार्य समितिको बरिष्ठ उपाध्यक्ष हुन ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्ष पदका लागि टीकाराम सुबेदी र दिनेशचन्द्र बास्तोलाले मनोनयन पत्र बुझेका छन ।सुबेदी अहिलेको कार्यसमितिका सदस्य हुन् भने बाँस्तोला अहिले उधोग तर्फको उपाध्यक्षको जिम्मेवारीमा छन उद्योगतर्फको उपाध्यक्षका लागि सौगात थापा र ललितबहादुर कुवँरले मनोनयन पत्र लगेका छन् । थापा र कुँवर दुबै वर्तमान कार्य समिति सदस्यहरु हुन् । वाणिज्यतर्फको उपाध्यक्षका लागि वर्तमान कार्यसमितिका सदस्य भीम गौतम र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले मनोनयन पत्र लिएको निर्बाचन अधिकृत अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरी महासचिव पदका लागि तारानाथ ढुंगाना र सुदीप प्रधानांगले मनोनयन पत्र लगेको छन महासचिवका आकांक्षी प्रधानांग वर्तमान कार्यसमितिका उपमहासचिव हुन् भने ढुंगाना यसअघि पनि महासचिवमा पराजित उम्मेदवार हुन् । समितिको कोषाध्यक्ष पदका लागि वर्तमान कार्यसमिति सदस्य द्वय देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठले मनोनयन पत्र लिएको निर्बाचन समितिका सदस्य प्रकाशदेब पालिखेले जानकारी दिए । उप–महासचिव पदका लागि यादवप्रसाद पोखरेल, रामचन्द्र तिमिल्सिना र प्रदीप राजभण्डारीले मनोनयन पत्र लगेको पालिखेले जानकारी दिए । उप–महासचिवका उम्मेदवार तीनैजना वर्तमान कार्यसमिति सदस्यहरु हुन् ।

कार्यसमितिमा प्रतिनिधित्व गर्ने खुला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरि पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलिपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीले मनोनयन पत्र लिएका छन् । यसैगरी, वस्तुगततर्फबाट प्रतिनिधित्व गर्ने चार सदस्यका लागि लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरु एबम उद्योगतर्फको एक सदस्यका लागि पिताम्बार अधिकारीले मात्र मनोनयन पत्र लगेको सचिवालयले जनाएको छ ।
संघको आसन्न ३६ औं महाधिबेशनमा निर्बाचन प्रक्रिया सम्पन्न गर्न संघका पुर्व अध्यक्ष दामु अधिकारी संयोजक एबम टिकाराम सापकोटा, डम्बर गुरुङ, प्रकाशदेब पालिखे, टोपबहादुर थापा सदस्य रहेको निर्बाचन समिति गठन गरिएको छ।















