Play

चरक एकेडमीको साधारण सभाबाट कृष्णराज घिमिरे अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन

गुरुकुल खबर


पोखरा, चरक एकेडेमी प्रालि पोखराको १७ औं वार्षिक साधारण सभाले कृष्णराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ साधारण सभाले आगामी कार्यकालका लागि घिमिरे अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

घिमिरे नेतृत्वको नयाँ कार्यसमितिको सञ्चालकहरुमा युवराज शर्मा, हिमांशु अर्याल र डा. सुस्मित काफ्ले चुनिएका छन् । त्यसैगरी श्रेया शर्मा, राजीव पहारी र अनुजकुमार बास्तोला पनि एकेडमीको सञ्चालक सदस्यका रुपमा चुनिएका छन ।

अध्यक्षमा निर्बाचित भएपछि घिमिरेले आफ्नो कार्यकालमा सबै सेयरधनीको विश्वास कायम राख्ने प्रतिबद्धता जनाए । आगामी कार्यकालमा सम्पूर्ण सेयरधनीहरुको आशा र भरोसालाई कायम राख्दै संस्थालाई अझ अगाडि बढाउने प्रतिबद्दता समेत उनले व्यक्त गरे ।

सभामा एकेडमीका कम्पनी सचिव युवराज आचार्यले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाले लेखा परीक्षकको नियुक्ति र पारिश्रमिकको प्रस्तावलाई पनि सर्वसम्मत रुपमा पारित गरेको जानकारी समेत उनले दिएका छन ।

३ भाद्र २०८३, बुधबार २१:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा