पोखरा, पोखरा महानगरपालिका -१० का धार्मिक एबम सामाजिक व्यक्तित्व तोयानाथ गौतमको शनिबार निधन भएको छ। उनि धार्मिक, सामाजिक, राजनीतिक एबम सहकारी क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका थिए। केहि समयदेखि बिरामी परेका उनको ७७ बर्षको उमेरमा निधन भएको हो
पोखरा -१० रामघाटस्थित गीतामन्दिर व्यवस्थापन समितिको अध्यक्ष, लक्ष्मीनारायण मन्दिर पोखरा–१० को अध्यक्ष समेत रहेका स्व. गौतम रामघाट धार्मिक विकास संस्थाका पूर्व अध्यक्ष, जिल्ला सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष समेत हुन।
स्व, गौतमकी धर्मपत्नी कृष्ण कुमारी गौतम सहित तिन छोराहरु अनुप गौतम, सुभाष गौतम र तिर्थराज गौतम तथा दुई छोरीहरु लक्ष्मी गौतम शर्मा र अनिता गौतम शर्मा रहेको छन ।
राजनीतिक रुपमा नेकपा (एमाले)मा आबद्द गौतम ज्येष्ठ कम्युनिस्ट मञ्च कास्कीका सदस्यको रुपमा समेत सक्रिय थिए । विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहेर योगदान पुर्याएको उनका ज्वाईं समेत रहेका नेकपा एमाले पोखरा महानगरका पुर्व कोषाध्यक्ष एबम हरिहर मन्दिर, पोखरा -१७ का अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले गुरुकुल खबरलाई जानकारी दिए।
‘ससुरा बुबा तोयनाथ गौतम कर्तव्यनिष्ठ, सरल र निष्ठावान् रहेर धर्म, संस्कार र समाजप्रति सदैव समर्पित रहनुभयो वहांको निधनले परिवारले मात्र नभएर राजनीतिक, सामाजिक एबम धार्मिक क्षेत्रले पनि एक असल अभिभावक गुमाएको छ’ भण्डारीले भने।















