Play

पोखराको विजयपुर खोलाले दुई बालक बगायो, सुरक्षाकर्मीद्वारा खोजी जारी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका १४ विजयबस्तीबाट वडानम्बर २६ सक्नेरी आउन लागेका दुई जना बालकलाई आज शनिबार दिउँसो करिब १ बजे विजयपुर खोलाले बगाएको छ । स्थानीय भगवती हाइड्रोपावर नजिकै खोला तर्दै गरेको अबस्थामा करिब १५ बर्षका दुईजना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

बेपत्ता भएका मध्ये एकजना स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिन्नेडाँडा आर्मी पल्ट्रिङमा बस्ने १४ वर्षका निकसन गुरुङ रहेको प्रहरीले जनाएको छ । निक्सनका बुवा चन्द्रबहादुर गुरुङ घटनाको केहि समयपछि प्रहरीको सम्पर्कमा आएपछि उनको पहिचान खुलेको भएपनि अर्को बालकको पहिचान खुल्न सकेको छैन ।

घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको नेतृत्वमा ७ जनाको टोली उनीहरुको खोजीमा जुटेको छ । यसैगरी वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जनाको टोली र सशस्त्र प्रहरी बलको बेस क्याम्प कुँडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा ९ जनाको गोताखोर टोली पनि त्यस क्षेत्रमा परिचालन गरिएको छ ।

३० श्रावण २०८३, शनिबार १६:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा