Play

पर्वतीय पर्यटनको समेत प्रबर्द्दन गरेको भन्दै पत्रकार गुरुङलाई सम्मान

गुरुकुल खबर


पोखरा, पत्रकारिताको माध्यमबाट हिमाली क्षेत्र र पर्वतीय पर्यटनको प्रबर्द्दन गरेको भन्दै पोखराका क्रियाशील पत्रकार भुपाल गुरुङलाई नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले आफ्नो १८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनका अवसरमा सम्मान गरेको छ  शुक्रबार पोखरामा आयोजित एक समारोहमा गुरुङलाई नगदसहित सम्मान गरिएको हो ।

गुरुङले हिमाल, पदयात्रा, पर्वतारोहण र हिमाली जनजीवनका विषयलाई सञ्चारमाध्यममार्फत आम सर्बसाधारण समक्ष पुर्याउन विशेष भूमिका खेलेका छन् । कार्यक्रममा नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पा र प्रदेश अध्यक्ष विकास गुरुङले उनलाई  नगद, फेटा र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा संघका सचिव मनशान्त घिमिरे र पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतको उपस्थिति थियो ।

विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय गुरुङले विशेषगरी टेलिभिजन पत्रकारितामार्फत गण्डकी प्रदेशका हिमाली क्षेत्र र साहसिक पर्यटनका कथा बाहिर ल्याउने गरेका छन् । सम्मान ग्रहण गर्दै गुरुङले पर्यटन विकासका लागि भौतिक पूर्वाधार जत्तिकै प्रभावकारी सञ्चार पनि आवश्यक रहेको बताए । ‘पर्यटन क्षेत्रका संस्था र सञ्चार जगतबीचको सहकार्य अझ बलियो हुनुपर्छ’, उनले भने ।

आगामी दिनमा पनि हिमाली पर्यटन र संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउने  प्रतिबद्धता जनाउंदै उनले पत्रकारितालको माध्यमबाट साहसिक पर्यटनको प्रबर्द्दनमा ठूलो सहयोग पुगेको बताए । गुरुङ हाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन ।

२९ श्रावण २०८३, शुक्रबार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा