पोखरा, पोखरा महानगरपालिका -२४ कास्कीकोटस्थित कालिका माबिमा अध्ययनरत बिधार्थीहरुलाई स्टेसनरी र खेलकुद सामग्रीको साथै उनीहरुको लागि आबश्यक बिधालयको पोशाक हस्तान्तरण गरिएको छ । इनर व्हिल क्लब अफ पोखराले बाबा फाउन्डेसनको सहयोगमा मंगलबार बिधालय परिसरमा आयोजित कार्यक्रममा ति सामग्री हस्तान्तरण गरिएको थियो ।
उक्त बिधालायमा अध्ययनरत ३५ जना बिधार्थीहरुलाई स्टेसनरी, खेलकुद सामग्री र पोशाक हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक एबम इनार व्हिल क्लबका पुर्व अध्यक्ष रेश्मा बैधले गुरुकुल खबरलाई जानकारी दिईन ।
कार्यक्रममा पोखरा महानगरपालिका -२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी सहित अन्य अतिथि र क्लबका पुर्व अध्यक्षहरुले समेत सामग्री वितरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष अधिकारीको साथै पुर्व शिक्षक समेत रहेका धार्मिक एबम सामाजिक व्यक्तित्व ठाकुर प्रसाद त्रिपाठी, इनर व्हिल क्लबका संस्थापक अध्यक्ष सोनु सिग्देल, क्लबका बर्तमान अध्यक्ष निरुदेबी कायस्थ, विधालयका प्रधानाध्यापक विष्णुहरी त्रिपाठी लगायतले शैक्षिक गुणस्तर बृद्धी गर्न बिधार्थी, शिक्षक र अभिभावकबिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।
उक्त समारोहमा सोही कार्यक्रमका संयोजक एबम क्लबका पुर्व अध्यक्ष रेश्मा बैधको साथै क्लबका पुर्व अध्यक्ष रेखा मर्सानी लगायतले बिपन्न तथा आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुको लागी क्लबले सहयोग जुटाएर भएपनि उनीहरुको लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।















