Play

तमु ह्युल छोंज धींका गण्डकी प्रमुख तथा आदिबासी जनजाती महासंघका अध्यक्ष जित गुरुङलाई मातृशोक

गुरुकुल खबर


पोखरा, तमु अर्थात गुरुङहरुको संस्था नेपाल तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको प्रमुख एबम  नेपाली काँग्रेसको भातृसंस्था नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघका गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङलाई मातृशोक परेको छ।

उनकी आमा डिलसुबा गुरुङको ९० बर्षको उमेरमा यहि असार ३० गते निधन भएको छ। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा-११ स्थित तमु प्ये ल्हु संघमा राखिएको छ। आज बुधबार (असार ३१ गते) मध्यान्ह पोखराको सेतीनदीमा उनको अन्त्येष्टि गरिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्व. गुरुङका ४ छोराहरुमध्ये हाल तिन छोराहरु जेठा बुद्धिमान गुरुङ , साँहिला जितबहादुर गुरुग र कान्छा बिष्णु बहादुर गुरुङ रहेको छन। जितबहादुर नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य एबम नेपाल यातायात मजदुर संघका पुर्व कास्की जिल्ला अध्यक्ष समेत हुन ।

यसैगरी कान्छा छोरा बिष्णु बहादुर गुरुङले लामो समयदेखि पोखराको अमरसिंहचोकमा धवलागिरी दोहोरी साँझ संचालन गर्दै आएका छन । उनि लोकदोहोरी रेस्टुरेन्ट ब्यबसायी संघ कास्कीका उपाध्यक्ष समेत हुन। स्व, गुरुङका चार छोरीमध्ये हाल धनकुमारी गुरुङ, श्रीमाया गुरुङ र लिल कुमारी गुरुङ रहेका छन।

३१ असार २०८३, बुधबार ०६:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा