Play

शंकास्पद पार्किंग गरिएका पांचवटै गाडी गृह मन्त्रालयको दवाबमा जरिवाना नलिई जिम्मा लगाइयो

गुरुकुल खबर


काठमाडौं, काठमाडौंका विभिन्न स्थानमा आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू बिनाकारवाही फिर्ता गरिएका छन्। सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरुलाई ट्राफिक कार्यालयले ती गाडी जिम्मा लगाएको हो ।

तीन मिडिया हाउसका साथै कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवास र भाटभटेनी सुपर स्टोरमा शंकास्पद ढंगले पार्किङ गरिएका गाडीहरू शंकाष्पदरूपमा नै छुटेका हुन् । उपत्यका ट्राफिकले सामान्य जरिबाना पनि नतिराइ गाडी छाडिदिएको छ । यसबारे बुझ्न ट्राफिक प्रवक्तालाई मंगलबार बिहानदेखि गरेको फोन रिसिभ भएन ।

ट्राफिक स्रोतका अनुसार सोमबार राति गृह मन्त्रालयले ती गाडीलाई तत्कालै छोड्न दबाब दिएको थियो । मन्त्रालयकै हवाला दिएर पुगेका चालकहरूले गाडी लिएर गए । गाडी बुझेर लैजाने व्यक्ति सवारी धनी नभएर उनीहरुले पठाएका व्यक्ति हुन् । उनीहरुको नाम उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा छैन । यदि जरिबानाको चिट काटिएको भए ती नामहरू स्वत: ट्राफिक कार्यालयमा अभिलेखित हुन्थे ।

शंकास्पद पार्किङ गरिएका गाडीका धनी पनि पहिचान भइसकेको थियो । गगन थापाको घरमा राखिएको गाडी कुमारप्रसाद अर्यालको नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको ट्राफिक स्रोतले जनायो ।

कान्तिपुर पब्लिकेसन्सअगाडि राखिएको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका छोरा एवं रास्वपाका केन्द्रीय विभाग सदस्य रवि जयसवालको भन्ने कुरा पनि पुष्टि भइसकेको छ । तर, गृह मन्त्रालयको दबाबपछि गाडी बुझ्न उनीहरू आफैँ गएनन्। ट्राफिक प्रहरीले जानेहरूको अभिलेख पनि राखेन ।

नेपाल प्रेसले गाडी धनी जयसवाललाई सोमबारदेखि उनको मोबाइल नम्बर ९८५५०***२२ मा सम्पर्क गर्न खोज्दा मंगलबार दिउँसोसम्म स्वीच अफ छ । उपत्यका ट्राफिकका प्रवक्ता नरेशराज सुवेदीले नेपाल प्रेसलाई पहिले बताएअनुसार यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गर्ने तयारी थियो ।

त्यसअनुसार पहिलो पटकको कसुरमा ५०० रुपैयाँ जरिबाना हुन्थ्यो । त्यस दफामा अरुलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी साधन राख्न नपाइने र सवारी अड्याउन निषेध गरिएको ठाउँ या समय अड्याउन नपाइने व्यवस्था छ । तर, राति नै गाडी छोड्न दबाब आएपछि ट्राफिक आफ्नो योजनाबाट पछाडि हटेको बुझिएको छ । – नेपाल प्रेसबाट

३० असार २०८३, मंगलवार १४:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा