Play

कर्म-कर्ण पत्रकारिता पुरस्कारबाट रुद्रबहादुर थापा र इन्दिरा गुरुङ सम्मानित

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर पत्रकारितामा संलग्न रुद्रबहादुर थापा (हितान) मगर र इन्दिरा गुरुङ लाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारप्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत रुद्रबहादुरलाई बर्ष २०८२ को र इन्दिरालाई बर्ष २०८३ को उक्त पुरस्कार प्रदान गरिएको हो ।

तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको उक्त पुरस्कार  पत्रकारिता क्षेत्रमा संलग्न आदिबासी जनजाती पत्रकारलाई हरेक बर्ष प्रदान गरिँदै आएको छ । पुरस्कारको राशि १० हजार रुपैया र सम्मानपत्र रहेको छ

पुरस्कारको दाता एबम स्थापनाकर्ता कर्म गुरुङ र गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारीले भांग्रा, घलेक, सम्मानपत्र तथा जनही १० हजार रुपैयाँ प्रदान गरेर उनीहरुलाई सम्मान गरेका थिए ।

त्यस अबसरमा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारिता गर्न प्रेरित गर्ने बताइन ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष एबम पुरस्कारका दाता कर्म गुरुङले पत्रकारिताको क्षेत्रलाई नजिकबाट नियालिरहेको बताउँदै यो सम्मानले आदिवासी जनजातिका आवाजलाई बुलन्द बनाउन थप जिम्मेवार बनाउने विश्वास व्यक्त गरिन  ।

तमु धिं नेपालका अध्यक्ष एवं फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले सम्मानलाई संस्थागत गर्न उचित हुने भन्दै समावेशी पत्रकारिता आजको आवश्यकता रहेको बताए ।

समारोहमा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिका बिषयलाई समाजमा उजागर गर्दै लैजानुपर्नेमा जोड दिए।

पुरस्कार छनोट समितिका संयोजक एबम नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले चारदशक बढी पत्रकारितामा संलग्न  रुद्रबहादुर र भाषागत पत्रकारितामा संलग्न इन्दिराको लगनशीलता प्रशंसनीय रहेको बताए ।

त्यस अबसरमा बोल्दै पत्रकार रुद्रबहादुर हितानमगरले यो सम्मानबाट अझै पत्रकारिता गर्ने जोश आएको बताए भने पत्रकार इन्दिरा गुरुङले भाषा पत्रकारितालाई जिवन्त राख्न सधै अग्रसर रहने बताइन ।

पुरस्कार छनोट समितिमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ र फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर सदस्य रहेका थिए ।

फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा पुरस्कार वितरण कार्यकम सम्पन्न भएको थियो उक्त कर्म–कर्ण पत्रकारिता पुरस्कारबाट यसअघि रिता गुरुङ, तिलक पुन, हर्क आलेमगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबि आस्थामगर, हुमबहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीषमगर, दिपेन्द्र श्रेष्ठ र खेम सारुमगर सम्मानित भैसकेका छन ।

सोही समारोहमा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार- २०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर र पोखरामा संचालन भएको ११ औँ राष्ट्रिय हप्किडो च्याम्पियन मेग्मा गुरुङलाई खादा लगाएर सम्मान गरिएको थियो भने तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङ नेतृत्वको कार्यसमितिले कर्म गुरुङलाई सम्मान गरेको थियो ।

३० असार २०८३, मंगलवार १४:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा